२०८३ भाद्र २२, सोमबार
September 7, 2026, Monday

आज हुँदैछ मिस नेपालको ग्राण्ड फिनाले, कसले जित्ला उपाधि ?

काठमाडौं– यसवर्षको मिस नेपालको ग्राण्ड फिनाले आज बेलुका आयोजना हुँदैछ । गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुने प्रतियोगिताको उपाधिका लागि २६ जना फाइनलिस्ट सुन्दरी भिड्दैछन् ।

द हिडन ट्रेजरको आयोजनामा हुने फिनालेको प्रत्यक्ष प्रसारण अपराह्न ४ बजेदेखि हिमालय टिभी एचडीले गर्नेछ । अनलाइन पार्टनरको रुपमा अनलाइनखबर रहेको छ ।

प्रतियोगिताको सबै तयारी पूरा भएको र कार्यक्रमलाई भव्य तुल्याइने द हिडन ट्रेजरले जनाएको छ । समारोहमा मिस इन्टरनेसनलका कार्यकारी निर्देशकदेखि मिस माल्टाको टोलीसहितका अन्तर्राष्ट्रिय पाहुना पनि सहभागी हुनेछन् ।

यस वर्षको मिस नेपालको उपाधि जित्ने प्रतिस्पर्धीले मिस नेपाल-२०२३ की विजेता सृच्छा प्रधानबाट ताज पहिरिनेछिन् । मिस वर्ल्ड, मिस अर्थ र मिस इन्टरनेसनलका तीन मुख्य विधाको उपाधिका लागि प्रतिस्पर्धा हुन लागेको हो । यसबाहेक ११ सहविधा पनि सामेल छन् ।

नृत्य र संगीतको प्रस्तुतिसहित पूर्वमिस नेपालहरु पनि स्टेजमा देखिने तयारीमा छन् । प्रतियोगिताको लाइनअपबारे आयोजकले केही बताएको छैन, यद्यपि दर्शकले प्रस्तुतिलाई लिएर सरप्राइज पाउनसक्छन् ।

 

Related News

प्रेस युनियन डोटीको पहिलो निर्णय : साइबर आक्रमणविरुद्ध सिधै कानुनी लडाइँ
प्रेस युनियन डोटीको पहिलो निर्णय : साइबर आक्रमणविरुद्ध सिधै कानुनी लडाइँ
  • २०८१ श्रावण १९

दिपायल — नेपाल प्रेस युनियन डोटी शाखाले मिडिया, मिडिया हाउस...

TOP