२०८३ असार १७, बुधबार
July 1, 2026, Wednesday

बिरामी लिएर आएको हेलिकप्टर धान खेतमा आकस्मिक अवतरण

सुर्खेत– डोल्पाबाट बिरामी ल्याएर आएको हेलिकप्टर सुर्खेतको लेकबेशीमा आकस्मिक अवतरण गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सशस्त्र प्रहरी सहायक निरीक्षक नरबहादुर बिसी बिरामी भएपछि वीरेन्द्रनगर ल्याउन हेलिकप्टर गएकोमा मौसम खराबीका कारण लेकबेशी नगरपालिका–६, रामघाटको पूर्वतर्फ धान रोपेको खेतमा आकस्मिक अवतरण गरिएको हो ।

बिरामीलाई एम्बुलेन्समार्फत प्रदेश अस्पताल कालागाउँ लगिएको र मौसममा सुधार आएपछि हेलिकप्टर सुर्खेत एयरपोर्टमा ल्याइएको सुर्खेत प्रहरीले जनाएको छ ।

 

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०८१ श्रावण १६

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP