२०८३ बैशाख १०, बिहीबार
April 23, 2026, Thursday

नेपाल छिर्न खोज्ने भारतीय नागरिकलाई रोक्न खोज्दा प्रहरीमाथि आक्रमण, प्रहरीद्वारा हवाई फायर

झापा- झापा गाउँपालिकाको सीमा क्षेत्रमा भारतपट्टिबाट नेपाल छिर्न खोज्नेले खटिएका सुरक्षाकर्मीमाथि आक्रमण गर्ने प्रयास गरेपछि सशस्त्र प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ।

सोमबार राति करिब ९.३० बजेतिर भारतबाट केही मानिस नेपाल छिर्ने प्रयास गरेका थिए। समूहमा आएका भारतीय नागरिकलाई भगाउन सशस्त्र प्रहरीले हवाई फायर गरेको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिए।

एक सय भन्दा बढी भारतीय नागरिकले सुरक्षाकर्मीमाथि बल प्रयोग गरी नेपाल प्रवेश गर्न खोजेपछि सीमा तैनाथ सशस्त्र प्रहरीले प्रतिकार गर्दै हवाई फायर गरे। झापा गाउँपालिका- ४ स्थित सुकुम्वासी बस्ती नजिकै उक्त घटना भएको हो।

दुईजना भारतीय नागरिक भारतीय नम्बर प्लेटको मोटरसाइकल चढेर नेपाल छिर्न खोजेका थिए। कोरोना रोकथाम तथा नियन्त्रणका लागि सीमामा तैनाथ सुरक्षाकर्मीले उनीहरूलाई छिर्न नदिई सम्झाई बुझाई फिर्ता पठाएका थिए।

फिर्ता गएका ती दुई भारतीय नागरिकले गाउँले भेला गरी पुनः सीमा लिएर आएका थिए।

घरेलु हातहतियारसहित आएका भारतीय नागरिकले नेपाल प्रवेश गरी सुरक्षा पोस्टमाथि आक्रमण गर्न खोज्दा सशस्त्र प्रहरीले हवाई फायर गरेको बताइएको छ। सशस्त्रले गोली चलाएपछि भारतीय नागरिक त्यहाँबाट भागेका थिए।

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०७७ बैशाख २३

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP