२०७८ असार ८, मंगलवार
June 22, 2021, Tuesday

सडक दुर्घटनामा प्रहरी हवल्दारको मृत्यु

कञ्चनपुरमा सडक दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । कंचनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १० भुजेलामा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किदा सशस्त्र प्रहरी बलका हवल्दार खगेन्द्र जोशीको मृत्यु भएको हो ।

आइतवार बेलुका भुजेला पुल नजिक म १ त १११० नम्बरको ट्याक्टर र म २ प १११२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्नानन्द भट्टले बताए । उनका अनुसार ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक खगेन्द्र जोशी र मोटरसाइकलमा सवार भुजेलाकै २८ वर्षीय हरी जोशी घाइते भएका थिए । प्रहरीका अनुसार घाइतेहरूको महाकाली अस्पतालमा उपचार सम्भव नभए पछि भारतीय सहर खटिमा पठाइएको र गम्भीर घाइते भएका मोटरसाइकल चालक खगेन्द्र जोशीलाइ खटिमाबाट उपचारका लागि बरेली लैजाने क्रममा गएराती नै मृत्यु भएको जनाइएको छ।

दुर्घटनामा घाइते भएका हरि जोशीको भारतको खटिमामा उपचार भइरहेको छ । मृतक खगेन्द्र जोशी सशस्त्र प्रहरी बलको हवल्दार पदमा कार्यरत रहेको र पछिल्लो केही दिनदेखि उनले बिदा लिइ घरमा बस्दै आएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५६ गुल्मका डिएसपी केशबराज प्याकुरेलले बताए । प्रहरीले ट्याक्टर धनीलाई नियन्त्रणमा लिइ सोधपुछ गरिरहेको छ भने ट्याक्टर चालक फरार रहेको प्रहरीले जनाएको छ

Related News

२१ मन्त्री जिम्मेवारीमुक्त गर्न सर्वोच्चको आदेश
२१ मन्त्री जिम्मेवारीमुक्त गर्न सर्वोच्चको आदेश
  • २०७६ चैत्र ३

काठमाडौं– सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ। योसँगै २१ जना मन्त्री जिम्मेवारीमुक्त भएका छन्। ...

सेती नदीमा देखिएको शव निकाल्न नसक्दा पुनः बेपत्ता
सेती नदीमा देखिएको शव निकाल्न नसक्दा पुनः बेपत्ता
  • २०७६ चैत्र ३

डोटी – डोटीस्थित सेती नदीमा देखिएको शव निकाल्न नसक्दा पुनः बगेर बेपत्ता भएको छ । आइतबार दिउँसो शिखर नगरपालिका–६ अणिउलस्थित...

सरकारी कार्यालय खोल्ने गरेर कैलालीमा एक हप्ताका लागि लकडाउन थप्ने तयारी
सरकारी कार्यालय खोल्ने गरेर कैलालीमा एक हप्ताका लागि लकडाउन थप्ने तयारी
  • २०७६ चैत्र ३

धनगढी- कैलाली जिल्लामा जारी निषेधाज्ञा पुनः १ हप्ताका लागि थपिने तयारी गरिएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले अझै पनि...

TOP