२०८३ असार ११, बिहीबार
June 25, 2026, Thursday

धनगढी उपमहानगरकाका मेयर हमालको एफएमलाई ऐन विपरित झण्डै दुई लाख

धनगढी- गोदावरी नगरपालिकाकाले  एकै एफएममा प्रकियाविपरित झण्डै दुई लाख रकम खर्च गरेकाे छ । धनगढी उप-महानगरपालिकाका नगर प्रमुख गाेपाल हमाल सञ्चालक रहेकाे दिनेश एफएममा आर्थिक वर्ष २०७९/८० मा बिना कागजपत्र एक लाख ९७ हजार तीन सय ४५ रूपैयाँ भुक्तानि गरेकाे हाे ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३९ को उपनियम १० मा जिम्मेवार व्यक्तीले खर्च लेख्नु अघि त्यस्तो रकम खर्च गर्न वा भुक्तानी दिन आवश्यक विल भरपाई र कागजात संलग्न भए वा नभएको तथा संलग्न कागजात अनुसार भुक्तानी दिन रीत पुगे वा नपुगेको जाँच गर्नु पर्ने व्यवस्था छ।

तर, दिनेश एफ.एम. प्रा.ली. लाई जनहितमा जारी सुचना प्रसारण गरे वाफत रू.१,९७,३४५। भुक्तानी भएकोमा सुचना प्रसारणको कार्यतालिका सहितको प्रशारण गरेको प्रमाण संलग्न नभएकाे महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

सच्याइएको सम्बन्धमा : गोदावरी महानगरपालिकाको महालेखा परीक्षकको प्रतिवेदन हुनुपर्नेमा त्रृटिबस अन्यथा भएकोमा त्रृटि सच्याइएको छ ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०८१ असार ५

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP