दिपायल– निजामति कर्मचारीहरुले संघीयता पछि आफुहरु समस्यामा परेको गुनासो गरेका छन् । नेपाल निजामती कर्मचारी युनियन सुदूरपश्चिम प्रदेश समितिले शुक्रबार दिपायलमा आयोजना गरेको एक कार्यक्रमका सहभागीहरुले आवश्यक ऐन कानुन नबनेका कारण आफुहरु समस्यामा परेको गुनासो गरेका हुन् ।
सुदूरपश्चिम प्रदेश सरकारले निर्माण गर्न लागेको प्रदेश निजामती सेवा ऐन र स्थानीय निजामती सेवा ऐनको मस्यौदामाथि छलफल गर्न र सुुझाव संकलन गर्न कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा सहभागि कर्मचारीहरुले सरकारले नीति निर्माणमा ढिलासुुस्ती गरेका कारण पनि निजामती कर्मचारीहरुका समस्याहरु चुलिदै गएको गुनासो गरेका थिए ।
नेपाल निजामती कर्मचारी युनियन सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष धर्म देउवाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा केन्द्रीय सल्लाहकार पूर्ण बहादुर खड्का प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा केन्द्रीय सदस्यहरु त्रिलोक्य जोशी, डिल बहादुर आले, नीवर्तमान केन्द्रीय सदस्य परमानन्द भट्ट, जिल्ला अध्यक्ष लाल बहादुर बोगटी लगायत डडेल्धुुरा, बझाङ जिल्ला लगायतका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...