२०८२ फाल्गुन २६, मंगलवार
March 10, 2026, Tuesday

फिफा विश्वकप छनोट: दोस्रो लेगमा आज नेपाल र यूएई भिड्दै

फिफा विश्वकप २०२६ तथा एसियन कप २०२७ को दोस्रो चरण छनोट अन्तर्गतको दोस्रो लेगमा आज ९बिहीबार० नेपाल र संयुक्त अरब इमिरेन्टस् ९यूएई० भिड्दैछन्।

साउदी अरबको प्रिन्स मोहम्मद विन फैद स्टेडियममा हुने खेल राति पौने १० बजेदेखि सुरु हुनेछ।

नेपालले घरेलु मैदानमा खेल्नु पर्ने खेल देशको एकमात्र अन्तराष्ट्रिय दशरथ रगंशाला खेल्न अयोग्य हुँदा नेपालले तथष्ट भुमिका रुपमा साउदी अरबमा खेल्नु परेको हो।

यसअघि यूएईसँगको पहिलो लेगमा नेपाल ४–० ले पराजित भएको थियो। नोट अन्तर्गत यमनविरुद्धको खेल पनि नेपालले जेठ २९ गते साउदीमा नै खेल्नेछ।

नेपालले यसअघि रगंशालाकै खराब अवस्थाका कारण बहराइनसँगको दुवै खेल उस्कै मैदानमा खेलेको थियो। विश्वकप छनोटको समूह ‘एच’ मा रहेको नेपालले समूह चरणका चारै खेलमा हार भोगेको छ। नेपालले यूएईसँग ४–० र यमनसँग २–० ले पराजित भएको थियो।

बहराइसँगको पहिलो लेगमा ५–० र दोस्रो लेगमा ३–० ले पराजित भएको थियो।

नेपाली टोली
गोलरक्षकः
किरण कुमार लिम्बुु, अविशेक बराल, विशाल सुनार।
डिफेन्डरः अविशेक लिम्बु, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिस श्रेष्ठ, सौभाग्य आचार्य।
मिडफिल्डरः भरत खवास, लाकेन लिम्बु, मनि कुमार लामा, मनिष डाँगी, सुमित श्रेष्ठ, वसन्त जिम्बा, आशिष राई।
फरवार्डः जिलेस्पीजंग कार्की, हिसुब थपलिया, सन्जिव विष्ट, आयुष घलान, आशिष बाबु चौधरी।

Related News

सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
  • २०८१ जेष्ठ २४

दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...

TOP