२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026, Sunday

निको भएका कोरोना संक्रमितको रगत अवैध रुपमा बेचिँदै, मूल्य १९ लाखसम्म असुलिँदै

काठमाडौं। इन्टरनेटमा अवैध तरिकाले कोरोनाभाइरस संक्रमणपछि निको भएका बिरामीहरुको रगत बिक्री भइरहेको छ । कोरोना संक्रमणको उपचार र भ्याक्सिनको नाममा बिरामीको रगतलाई डार्कनेटमा बेचिँदैछ । अस्ट्रेलियन नेशनल युनिभर्सिटीको रिपोर्टमा यो खुलासा भएको हो । डार्कनेटमा रहेका बिक्रैताहरु फरक फरक देशबाट शिपिङ गरेर विदेशमा डेलिभरी गरिरहेका छन् ।

डेलीमेलको रिपोर्ट अनुसार जिन्दगीभरको लागि कोरोनाबाट इम्युन बनाउने (रोग प्रतिरोधी क्षमता विकास गर्ने) दावी गर्दै कोरोना संक्रमित बिरामीको रगतलाई लाखौं मूल्यमा बेचिँदैछ । यी बिक्रेताहरुले रगतको मूल्य प्रतिलिटर करिब १९ लाख रुपैयाँसम्म राखेका छन् । यस्तो रगतलाई न्यूनतम मूल्य ५७५ अस्ट्रेलियन डलर (४५ हजार रुपैयाँ)देखि बिक्री गर्न सुरु गरिएको छ । चीनबाट ल्याइएको दावी गरिएका केही रगतको मूल्य १५ हजार ३ सय अस्ट्रेलियन डलर (११ लाख ७० हजार नेपाली रुपैयाँ) राखिएको छ । सबैभन्दा महंगो २४ हजार ५९८ अस्ट्रेलियन डलर (१८ लाख ८४ हजार नेपाली रुपैयाँ)मा बिक्री भइरहेको छ ।

रगतको साथमा अवैध रुपमा पीपीइ, मास्क, टेस्ट किट सहित अन्य सामान पनि महंगो मूल्यमा बिक्री भइरहेको छ । अस्ट्रेलियाको नेशनल युनिभर्सिटीको रिपोर्टका अनुसार कम्तीमा १२ फरक फरक डार्कनेट मार्केटमा यी सामान बिक्री भइरहेका छन् । डार्कनेटमा यस्तो दावी गरिएको छ कि विश्वभर कोरोनाको उपचार गरिरहेका डाक्टरहरुको माध्यमबाट पीपीइ र अन्य सामान हासिल गरिएका हुन् । बेच्नेहरु यी सामान अलग अलग देशमा डेलिभरी गर्न पनि तयार छन् । धेरैजसो सामान अमेरिकाबाट अनि केही युरोप, बेलायत र अस्ट्रेलियाबाट शिपिङका लागि उपलब्ध छन् ।

कोरोनाबाट ठिक भइसकेका बिरामीको प्लाज्माबाट अन्य संक्रमितको उपचार गरिएको र उनीहरु ठिक भएको केही रिपोर्टहरु पनि आएका छन् तर प्लाज्मा थेरापीका खतरा पनि छन् र यसबाट मानिसको ज्यानै जान पनि सक्छ । अहिले डाक्टरहरु प्रयोगको रुपमा केही विशेष परिस्थितिमा मात्र यो थेरापी प्रयोग गरिरहेका छन् । मुख्य अनुसन्धानकर्ता रोड ब्रडहर्स्टले महामारीको बेला केही मानिसहरु आपराधिक तरिकाले कमाइको कोसिस गरिरहेको र भविष्यमा यो बढ्न सक्ने बताएका छन् ।

रोड ब्रडहर्स्टले भने ‘हामीले पायौं कि असुरक्षित भ्याक्सिन र एन्टिभाइरल औषधीहरु पनि डार्कनेटमा मानिसहरुलाई बेचिँदैछ । भारी मात्रामा पीपीइको पनि बिक्री भइरहेको छ किनकि बजारमा यसको अभावको स्थिति छ ।’ अस्ट्रेलियन इन्स्टिच्युट अफ क्रिमिनोलोजीका डिप्टी डाइरेक्टर रिक ब्राउनले भने ‘यी चीजहरुको बिक्रीबाट मानिसहरुको स्वास्थ्यलाई गम्भीर खतरा छ ।’

Related News

डोटी जेसीज वर्ष २०२६ को अध्यक्षमा जोशी 
डोटी जेसीज वर्ष २०२६ को अध्यक्षमा जोशी 
  • २०७७ बैशाख २०

सिलगढी – डोटी जेसीज बर्ष २०२६ को अध्यक्षमा डिल्लीराज जोशी...

TOP