२०८३ बैशाख १०, बिहीबार
April 23, 2026, Thursday

सुनको मूल्य बढेको बढेइ


काठमाडौँ- स्थानीय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा रु. दुई हजार तीन सयले वृद्धि भएको छ ।

बुधबार प्रतितोला रु. एक लाख ३८ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आज रु. एक लाख ४० हजार पाँच सय निर्धारण भएको छ भने तेजाबी सुनको भाउ पनि बढेको छ ।

तेजाबी सुन बुधबार तोलामा रु. एक लाख ३७ हजार पाँच सय ५० मा कारोबार भएकामा आज यो रु. एक लाख ३९ हजार आठ सयमा कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा तेजाबी सुनको मूल्य तोलामा रु. दुई हजार दुई सय ५० ले वृद्धि भएको छ ।

यसैगरी चाँदीको मूल्य तोलामा रु. ७० ले वृद्धि भएको छ । बुधबार रु. एक हजार आठ सय ३० मा कारोबार भएको चाँदी आज रु. एक हजार नौ सयमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०८१ जेष्ठ १७

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP