२०८२ बैशाख १३, शनिबार
April 26, 2025, Saturday

घाइते मृगको उद्धार गरेर वन कार्यालयलाई बुझाइयो

उद्धार गरिएको मृग वन कार्यालयका कर्मचारीलाई हस्तान्तरण गर्दै स्थानीय युवा

दिपायल- डोटीमा घाइते मृगको उद्धार गरी डिभिजन वन कार्यालयलाई बुझाइएको छ । बुधबार सिलगढी नगरपालिका– २ दिपायलका स्थानीयहरुले घाइते अवस्थामा फेला परेको रतुवा मृगलाई वन कार्यालयलाई बुझाएको हो ।

गाउँ नजिकै रहेको जङ्गलमा आगलागी भए पछि घाइतेरतुवा गाउँ पसेको थियो । खुट्टा र टाउकोमा सामान्य चोट लागेको अवस्थामा गाउँ पसेको रतुवालाई नियन्त्रणमा लिएर विभिन्न व्यक्तिहरुको रोहवरमा डिभिजन वन कार्यालय डोटीलाई बुझाइएको स्थानीय युवा हेमन्त कठायतले बताए ।

जिल्लाका अधिकांश जङ्गलहरुमा आगलागी हुँदा वन्य जन्तुहरु संकटमा परेको डिभिजन वन कार्यालय डोटीका लक्ष्मीराज जोशीले बताए । “आगलागीका कारण घाइते भएका जनावरहरु सुरक्षित ठाउँखोज्दै मानिसहरुको बस्ती तिर पस्न थलेका छन्,“उनले भने,“डढेलो लागेको वनबाट मांसाहारी जनावरहरु गाउँबस्तीमा पसेको अवस्थामा दुर्घटना हुन सक्छ । तसर्थ वन जङ्गलमा आगो लगाउन छोडौं ।”

घाइते मृगको उपचार पछि सुरक्षित जङ्गलमा छाडिने वन कार्यालयले जनाएको छ ।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८१ बैशाख १९

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP