२०८२ बैशाख १३, शनिबार
April 26, 2025, Saturday

कुमारी बैंक दिपायल शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन


दिपायल – कुमारी बैंक दिपायल शाखाले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। जिल्लाको दिपायल सिलगढी नगरपालिका – ४ राजपुरस्थित सुजङ्ग अस्पताल र सुजङ्ग हेल्थ एण्ड टेक्निकल एकेडेमी (SHATA) मा  कार्यक्रम सञ्चालन गरेको हो ।


कार्यक्रममा सुजङ्ग अस्पतालका स्वाथ्यकर्मी, कर्मचारी लगायत कलेजका विद्यार्थीहरुको सहभागिता रहेको थियो । जनतालाई  वित्तिय संस्थाकोे पहुंचमा पुग्याउनु र वित्तीय सम्बन्धी ज्ञान दिनु बैंकको सामाजिक उत्तरदायित्व भएका कारण कार्यक्रम सञ्चालन गरिएको दिपायल शाखाका प्रमुख शुसिल ओझाले बताए ।

“आफ्नो पैसाको रक्षा गरौं, आफ्नो भविष्यको सुरक्षा गरौं” भन्ने मूल नाराका साथ ग्लोवल मनी वीक २०२४ को अवसरमा वित्तीय साक्षरता प्रदान गरिएको उनले बताए ।


कार्यक्रममा वर्तमान वित्तीय अवस्था, बैंकिङ प्रणाली, फजुल सर्च न्यूनिकरण, बचत गर्ने बानी, कर्जा योजना, वित्तीय कारोबारको महत्त्व, रेमिट्‌यान्स, पारिवारिक बजेट तथा योजना, लगायतका विषयमा जानकारी गराइएको हो । कार्यक्रममा ६५ जनाको सहभागिता रहेको थियो ।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८० चैत्र ९

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP