२०८३ बैशाख ९, बुधबार
April 22, 2026, Wednesday

म बाँचे परिवार बचाउँछु: क्यान्सर पीडित गिरी

सिन्धुपाल्चोक– सिन्धुपाल्चोक इन्द्रावती गा.पा.काका देव नारायण गिरी अहिले क्यान्सर रोग सङ्ग जुधिरहेका छ्न। बिगत चार बर्ष देखि उच्च रक्तचाप को औषधि सेवन गरिरहेको उनि अहिले लिम्फोमा (Lymphoma) क्यान्सरले थलिएको छन ।

सुरुमा बिर हस्पिटलमा जाँच गराएको उनको बर्सौ सम्म रोग पत्ता लागेन होलिस्टिक आयुर्वेदिकले निको हुने आसमा महिनौसम्म औसधि खादा निको नभयपछि बिर हस्पिटलमा भर्ना भएका हुन । र बिर हस्पिटलमा पनि रोग पत्ता लागेन ।बरु आफु थलिदै गएको र आफुसङ्ग भएको पैसा सकिएको बताउँछन् । उनि आफ्नो नाबालिका सहित पाँच सदस्य परिवारको साथ मा काठमाडौंमा बस्दै आएको छन ।

अहिले उनको तीन महिना देखि पाटन हस्पिटलमा उपचार भैरहेको छ । पाटन हस्पिटलको वरिष्ठ डा. मिपसाङ्ग सेर्पाले उनलाइ लिम्फोमा (Lyphoma) क्यान्सर रोग लागेको बताएको छ । कम्तिमा २ वर्ष सम्म प्रत्येक तिन हप्ताको अन्तरमा औसधि सेवन गर्नु पर्ने हाल प्रत्येक २१/२१ दिनमा किमो (Chemo Drugs) औसधि उपचार निरन्तर भैरहेको छ । उपचार गर्ने पैसा सकिएपछि उनि निरास छ्न । एक पटकमा १ लाखभन्दा बढी खर्च लाग्ने विरामि बताउँछन । आफुसङ भएको पैसा र गाउँको जग्गा बेचेर ल्याएको ९ लाख पैसा सकिएको बताउँछन ।

काठमाडौंको एक रेस्टुरेन्टमा सेकुरेटि गार्डको काम गरि परिवार पालिरहेको देव नारयणलाई लक डाउनले थप समस्या पारेको छ । एका तिर परिवार पाल्नु पर्ने र आफ्नो उपचार गर्नु पर्ने भएपछि उनलाई ठुलो आर्थिक संकट परेको विरामि कुरुवा दिनेश लामा बताउँछन । म बाँचे मेरो परिवार बचाउँछु भन्दै आर्थिक सहयोगको अपिल गरिरहेको देव नारायणलाई सामाजिक सन्जाल मार्फत आर्थिक सहयोग जुटाउन रामेछापको प्रेम लामा लागि परिरहेको छ । निरन्तर लक डाउनका कारण सहयोग गर्ने नेपाली मनहरुमा पुग्न समस्या भएको प्रेम लामा बताउँछन ।

बिस्व ब्यापि कोरोनाको संकट झेलिरहेको बिस्व जनमानस , नेपाल र नेपालि अहिले संकटमा परिरहेको छ । तेस्को प्रत्यक्ष असर दिर्घ रोगि क्यान्सर रोगिहरु बढि प्रभावमा परेको प्रेम लामा बताउँछ्न । सरकार ले दिर्घ रोगि हरुलाई निशुल्क उपचार गर्नु पर्ने र विशेष राहात पलब्ध गराउनु पर्ने धारणा व्यक्त गरेको छ । देव नारायण र उनको परिवारलाई सबै नेपालि मिलेर सहयोग गरिदिन प्रेम लामाले अनुरोध गरेको छ।

देव नारायण गिरिको एन.आई.सि. एसिया. कमलादी ब्रान्च बैंक खाता न. 3280431182524001 यो खाता न. मा जम्मा गर्नु भनेको छ । आफु निरन्तर सहयोग गर्ने र आफु सङ्गै मिलेर सहयोग गर्न चाहानेलाई सम्पर्क ९८६०२४५२७२ गर्न अनुरोध गरेको छ।

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०७७ बैशाख १८

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP