२०८२ पुष २, बुधबार
December 17, 2025, Wednesday

कांग्रेसले दियो नगरपालिकालाई एक सय बोरा चामल

चौमाला– लक डाउनका बेला दैनिक उपभोग्य सामान नभएर चुल्हो बल्न छाडेका दैनिक ज्यालादारी गरी परिवार पाल्नेहरुका लागि भन्दै नेपाली कांग्रेस गौरीगंगा नगर कार्यसमितिले बिहीबार नगरपालिका कार्यालयलाई एक सय बोरा चामल हस्तान्तरण गरेको छ ।

गौरीगंगा नगरपालिका भित्र रहेका कांग्रेसप्रति आस्थावान समाजसेवी, वुद्धिजीवि, नागरिक समाज, व्यापारी, शिक्षक, कर्मचारी, नेता तथा कार्यकर्ताबाट संकलित रकमबाट एक सय बोरा चामल खरिद गरी नगरपालिकाको कार्यालयमै नगर प्रमुख भीमबहादुर देउवालाई हस्तान्तरण गरिएको हो ।

‘हामीले ज्याला मजदुरी गरेर खाने परिवारको अवस्था नाजुक देखेपछि कांग्रेसप्रति आस्थावान व्यक्तिहरुले रकम संकलन गरी चामल खरिद गरेर राहत हस्तान्तरण गर्ने निर्णय ग¥यौँ,’ कांग्रेस क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति दिनेशराज जोशीले भने,‘यो राहत स्वरुप दिइएको चामल हामीले नगरपालिकामार्फत् विपन्न वर्गकहाँ पु¥याइदिन आग्रह गरेका छौँ ।’

विपद्को घडीमा कांग्रेस जहिल्यै जनताका साथमा हुने भएकाले हामीले कोरोनाको संत्रासका बेला दैनिक ज्याला मजदुरी गरि खाने वर्गलाई समस्या नहोस् भनेरै राहत संकलन गरी नगरपालिकालाई हस्तान्तरण गरेको कैलाली क्षेत्र नम्बर ४ का कांग्रेस पूर्व क्षेत्रीय सचिव तथा युवा नेता मोहन साउँदले भने । अहिलेसम्म कुनै पनि राजनीतिक दलले नगरपालिकामा राहत नबाँडेको बताउँदै उनले भने,‘राजनीतिक दलमा कांग्रेसले पहिला नगरपालिकालाई राहत हस्तान्तरण गरेको हो ।’

सरकारको एकद्वार प्रणालीमार्फत् राहत वितरण गर्ने नीति अनुसार नै आफूहरुले नगरपालिकालाई राहत हस्तान्तरण गरेको नेता साउँदले बताए ।

Related News

सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले पाए सात दिने तालिम 
सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले पाए सात दिने तालिम 
  • २०७७ बैशाख १८

दिपायल – सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले सात दिने “भलिबल...

TOP