२०८२ बैशाख ११, बिहीबार
April 24, 2025, Thursday

हजुरबुबाको कुटाइबाट नातीको मृत्यु

बैतडी – बैतडीमा हजुरबुबाको कुटाइबाट नातीको मृत्यु भएको छ ।जिल्लाको पुर्चौंडी नगरपालिका ६ मुडेलीधारका ५० बर्षीय बाजे गणेश साउँदको कुटाइबाट २ बर्षीय नाती रेशम साउँदको मृत्यु भएको हो । यस्तै ८ बर्षीय नाती रिजन साउँद गम्भीर घाइते भएका छन् ।

बिहीबार रेशम र रिजनका आमा र हजुरआमा घाँस गएका काट्न गएका बेला हजुरबुबा गणेश साउँदले उनीहरुमाथि कुटपीट गरेका थिए । बाजेको कुटपीटबाट गम्भीर घाइते भएका रेशमको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।

यस्तै अर्का बालक रिजनको नवजीवन अस्पताल धनगढीमा आइसियुमा राखेर उपचार भइरहेको छ । उनको अवस्था समेत गम्भीर रहेको प्रहरीले जनाएको छ ।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८० असार २९

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP