२०८२ मंसिर २२, सोमबार
December 8, 2025, Monday

कैलालीमा सवारी दुर्घटना

धनगढी – कैलालीमा सवारी दुर्घटना भएको छ।

जिल्लाको गोदावरी नगरपालिका–४ बुढितोलामा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको जिल्लाको रुपन्देहि सियारि गाउँपालिका–१ का ४० वर्षीय सुवास प्रसाद नेपालीले चलाएको ना ६ ख ६३९३ नम्बरको ट्रक र बिपरीत दिशातर्फ आउँदै गरेको चालक भारत अबजारगडका २३ वर्षीय मोहम्मद सलमानले चलाएको युपी १८ जे ९४५६ भारतीय नम्बरको कार एक आपसमा ठोँकिदा दुर्घटना भएको हो।

कार चालकको निधारमा चोट लागेको र २३ वर्षीय मोहम्मद सदाबको टाउकोमा चोट लागेकाले घाइते दुवैलाई उपचारको लागि पदमा अस्पताल अत्तरिया पठाइएको प्रहरीले जनाएको छ। कारमा चालक सहित ६ जना सवार रहेका थिए। दुबै सवारीसाधन र ट्रक चालकलाई मालाखेती प्रहरीले नियन्त्रणमा लिएको छ।

Related News

दृष्टिविहिन विधार्थीहरुलाई न्यानो लुगा वितरण 
दृष्टिविहिन विधार्थीहरुलाई न्यानो लुगा वितरण 
  • २०८० असार १८

दिपायल – शाजेन्द्रश्वर माविमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीहरुलाई न्यानो लुगा वितरण...

TOP