२०८१ कार्तिक ९, शुक्रबार
October 25, 2024, Friday

कैलालीमा सवारी दुर्घटना

धनगढी – कैलालीमा सवारी दुर्घटना भएको छ।

जिल्लाको गोदावरी नगरपालिका–४ बुढितोलामा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको जिल्लाको रुपन्देहि सियारि गाउँपालिका–१ का ४० वर्षीय सुवास प्रसाद नेपालीले चलाएको ना ६ ख ६३९३ नम्बरको ट्रक र बिपरीत दिशातर्फ आउँदै गरेको चालक भारत अबजारगडका २३ वर्षीय मोहम्मद सलमानले चलाएको युपी १८ जे ९४५६ भारतीय नम्बरको कार एक आपसमा ठोँकिदा दुर्घटना भएको हो।

कार चालकको निधारमा चोट लागेको र २३ वर्षीय मोहम्मद सदाबको टाउकोमा चोट लागेकाले घाइते दुवैलाई उपचारको लागि पदमा अस्पताल अत्तरिया पठाइएको प्रहरीले जनाएको छ। कारमा चालक सहित ६ जना सवार रहेका थिए। दुबै सवारीसाधन र ट्रक चालकलाई मालाखेती प्रहरीले नियन्त्रणमा लिएको छ।

Related News

मुख्यमन्त्री योगि र प्रशान्त थापा बिच भेटवार्ता
मुख्यमन्त्री योगि र प्रशान्त थापा बिच भेटवार्ता
  • २०८० असार १८

दिपयाल । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कान्छा सदस्य र भारतको...

TOP