२०८२ फाल्गुन २९, शुक्रबार
March 13, 2026, Friday

धनगढीका फोहोर बोक्ने गाडीमा जीपीएस प्रणलि जडान, गाडी घर नजिक आइपुग्दा मोबाइलमै नोटिफिकेसन आउने

धनगढी – धनगढी उपमहानगरपालिकाले फोहोर संकलन गर्ने गाडीमा जीपीएस प्रणाली जडान गरेको छ । यो प्रणाली जडान भएसँगै अब नगरका मानिसले फोहोर बोक्ने गाडी आफ्नो घर नजिक आइपुगेको आफ्नो मोबाइल मार्फत नै थाहा पाउने भएका छन् ।

धनगढी उप-महानगरपालिकाले नगरमा फोहोर बोक्ने गाडीमा जीपीएस जडान गरेको धनगढी उप-महानगरपालिकाका नगर प्रमुख गोपाल हमालले बताए । उनका अनुसार उपमहानगरपालिकाको तर्फबाट दुईओटा ट्राक्टरमा जीपीएस जडान गरिएको छ ।

फोहरमैला संकलनलाई थप प्रभावकारी बनाउन ”समाजका लागि युवाू संस्थासँगको सहकार्यमा उप-महानगरपालिकाले लुना जीपीएसको यो सेवा प्रयोगमा ल्याएको हो । सो एप मार्फत नगरवासीले सहजै फोहोर संकलन गर्ने गाडी कहाँ आइपुग्यो भनेर थाहा पाउन सक्नेछन् ।

साथै सो गाडी घर नजिकै पुग्दा उक्त एपले नगराबासीको मोबाइलमा नोटिफिकेसन पठाउनेछ । प्रविधि प्रभावकारी भएमा फोहरमैला संकलन गर्ने अन्य गाडीहरुमा उक्त प्रविधि जडान गरिने हमालले बताएका छन् ।

Related News

सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
  • २०८० असार १७

दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...

TOP