२०८२ पुष २, बुधबार
December 17, 2025, Wednesday

धान दिवसमा कृषक सम्मानित


मौवा – धान दिवसका अवसरमा कृषकहरुलाई सम्मान गरिएको छ। आदर्श गाउँपालिकाले गाउँपालिकाका ३८ जना कृषकहरुलाई प्रमाण पत्र सहित सम्मान गरेको हो ।

अगुवा कृषकहरुको मनोबल उच्च रहोस् र कृषि उत्पादनमा वृद्धि होस् भन्ने उद्येश्यले कृषकहरुलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष गणेश खड्काले बताए । गाउँपालिका कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै किसानको आत्मसम्मान सहित कृषि कार्यक्रमहरु अगाडि बढाउने बताए।

गाउँपालिका गरेको सम्मानले कृषकहरुलाई आफ्नो पेशा र कृषि कर्ममा कटिबद्ध हुन् आत्मबल मिलेको अगुवा कृषक भोजराज कापडीले बताए ।
यसै क्रममा रोपाइँ गरेर पनि धान दिवस मनाइएको थियो ।

Related News

सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले पाए सात दिने तालिम 
सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले पाए सात दिने तालिम 
  • २०८० असार १६

दिपायल – सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले सात दिने “भलिबल...

TOP