२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026, Friday

प्रेस युनियनद्वारा सञ्चारकर्मीका लागि राहत प्याकेज घोषणा गर्न माग

काठमाडौं । नेपाल प्रेस युनियनले सरकारसँग सञ्चारकर्मी र सञ्चार माध्यमहरूका लागि राहतको प्याकेज घोषणा गर्न आग्रह गरेको छ । 

युनियनका अध्यक्ष बद्री सिग्देलले शुक्रबार प्रेस विज्ञप्तिमार्फत कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिमा चुनौतीको सामना गर्दै सूचना सम्प्रेषण गरिरहेका सञ्चारकर्मी र सञ्चारमाध्यमहरूका लागि राहतको विशेष प्याकेज घोषणा गर्न सरकारसँग आग्रह गरेका हुन् । 

“धिपधिप बलिरहेको दियोझैं हाल सञ्चालनमा रहेका सञ्चारमाध्यमका हितमा समयमै सोच्न सरकारलाई अनुरोध गर्दछौं,” विज्ञप्तिमा भनिएको छ । 

युनियनले अहिलेको परिस्थितिका कारण समस्यामा परेका सञ्चारकर्मीलाई युनियनको केन्द्रीय कार्यसमितिदेखि प्रतिष्ठान समितिसम्म सम्पर्क गर्न आग्रह गर्दै अध्यक्ष सिग्देलले समस्यामा परेका सञ्चारकर्मीलाई सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । 

Related News

शिखर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा 
शिखर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा 
  • २०७७ बैशाख १२

दिपायल – शिखर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका...

TOP