२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026, Friday

शिखर नगरपालिकाको ८ करोड ४६ लाख बढी बेरुजु घट्यो

सबै भन्दा बढी बेरुजु घटाउने दोश्रो पालिका बन्यो

दिपायल – शिखर नगरपालिकाको  ८ करोड ४६ लाख भन्दा बढी बेरुजु घटेको छ । महालेखापरीक्षकको कार्यालयले २०७८/७९ मा सार्वजनिक गरेको लेखापरीक्षण प्रतिवेदनमा देखिएको बेरुजु घटेको हो ।

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६०औं वार्षिक लेखापरीक्षण प्रतिवेदनमा शिखर नगरपालिकाको बेरुजु ११ करोड ६७ लाख ३३ हजार उल्लेख गरिएको थियो । महालेखापरीक्षकको कार्यालयले नगरपालिकालाई पठाएको पत्रमा प्रारम्भिक प्रतिवेदनमा औँल्याएको बेरुजु मध्य ८ करोड ४६ लाख ५६ हजार ६४५ रुपैयाँ बेरुजुको प्रमाण एवं प्रक्रिया अनुसार फर्छ्युट भएकाले उक्त बेरुजु हटाएको उल्लेख छ।

केही बेरुजुको कागजात प्रक्रिया र प्रमाण जुटेपछि हटेको हो भने केही बेरुजु प्रारम्भिक प्रतिवेदनमा जोड जम्मा गर्दा त्रुटि भएको हो । आर्थिक वर्ष २०७८/७९ को प्रारम्भिक प्रतिवेदनमा शिखर नगरपालिकाको बेरुजु डोटीका सबै पलिकहरु मध्य धेरै देखिए पनि महालेखापरीक्षकको कार्यालयको सच्याइएको प्रतिवेदनमा बेरुजु घटेको हो ।

आर्थिक वर्ष २०७७ /०७८ मा शिखर नगरपालिकाको बेरुजु १० करोड ७४ लाख ४३ हजार देखिएको थियो। २०७८/०७९ मा प्रारम्भिक प्रतिवेदनमा नगरपालिकाको बेरुजु ११ करोड ६७ लाख ३३ हजार देखिए पनि अन्तिम प्रतिवेदनमा सो रकमबाट ८ करोड ४६ लाख ५६ हजार ६४५ रुपैयाँ बेरुजु घटेको हो । हाल नगरपालिकाको बेरुजु ३ करोड २० लाख ७६ हजार कायम छ ।

महालेखापरीक्षकको प्रारम्भिक प्रतिवेदनमा त्रुटि भएका कारण नगरको बेरुजु बढी देखिएको भए पनि २०७८/७९ मा झण्डै ७९ प्रतिशतले बेरुजु घटेको नगर प्रमुख दीर्घ बलायरले बताए ।”नगरपालिकाको नाममा सैदान्तिक बेरुजु देखिएको छ, त्यो बेरुजु अझै घट्छ,’ उनले भने,” प्रारम्भिक प्रतिवेदनमा केही त्रुटि देखिएको कारण बेरुजु बढी देखिए पनि आर्थिक वर्ष २०७८/७९ मा शिखर नगरपालिका सबै भन्दा बढी  बेरुजु घटाउने पालिका बनेको छ । हामी नगरको सैदान्तिक बेरुजुको शुन्यमा झार्ने लक्ष्य सहित काम गरिरहेका छौं ।”

डोटी जिल्लाको हकमा बडीकेदर गाउँपालिकाको सबै भन्द बढी आठ करोड ६१ लाख ५५ हजारले बेरुजु घटेको छ भने शिखर नगरपालिकाको ८ करोड ४६ लाख ५६ हजार ६४५ रुपैयाँ बेरुजु घटेर सबै भन्दा बढी बेरुजु घटाउने पालिकामा परेको छ ।

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/७९ मा जोरयल गाउँपालिकाको सबै भन्दा बढी ८ करोड ७५ लाख ५४ हजार बेरुजु देखिएको छ । बोगाटान फुड्सिल गाउँपालिकाको ५ करोड २६ लाख ५६ हजार, सायल गाउँपालिकाको ४ करोड ८१ लाख ७९ हजार बेरुजु देखिएको छ ।

त्यस्तै, दिपायल सिलगढी गरपालिकाको ३ करोड ६६ लाख ७५ हजार, पूर्वीचौकी गाउँपालिकाको ३ करोड २७ लाख, आदर्श गाउँपालिकाको २ करोड ६३ लाख ५० हजार, बडीकेदार गाउँपालिकाको १ करोड ४२ लाख र  केआईसिंह गाउँपालिकाको १ करोड ४० लाख ३० हजार बेरुजु देखिएको छ। 

Related News

डोटी जेसीजले आयोजना गरेको दन्त शिविरमा ९१ जनाले लिए सेवा 
डोटी जेसीजले आयोजना गरेको दन्त शिविरमा ९१ जनाले लिए सेवा 
  • २०८० जेष्ठ ३

  दिपायल – डोटी जेसीजले दिपायलमा एक दिन निःशुल्क दन्त...

TOP