डोटी । डोटी जिल्लामा सम्बन्धीत जिल्ला भन्दा बाहिरबाट आउनेलाई २१ दिन क्वारेन्टिनमा अनिवार्य रुपमा राख्ने निर्णय गरेको छ ।

मंगलबार डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलको अध्यक्षतामा बसेको प्रकोप व्यवस्थान केन्द्र जिल्ला स्तरीय समितिको बैठकले उक्त निर्णय गरेको हो ।
विश्वमा कोरोना भाईरस संक्रमणको कहर दिनानु दिन बढीरहेको छ नेपालमा पनि संक्रमितहरु दिनानु दिन थपिरहेको अवस्थामा डोटी जिल्लाका आम नागरिक कोरोना संक्रमणबाट सुरक्षित हुन भन्ने हेतुले उत्त निणर्य गरिएको प्रजिअ पौडेलले बताए । उनले भने देशमा लकडाउन समयमा छ कोरोना भाईरसको संक्रमणबाट सबैले जोगिनु आवश्यक छ त्यसैले जो जहाँ छन त्यही सुरक्षित रहनु उत्तम बिकल्प हो ।
जिल्ला बाहिरबाट आउन जोकोहीेलाई सम्बन्धित स्थनीयतहले एक स्थानमा सम्पूर्ण व्यवस्थापन गर्ने गरेर अनिवार्य रुपमा २१ दिन क्वारेन्टिनमा राख्ने र र्यापीड डाइग्नोष्टिक टेस्ट (आरडीटी) जाचँ पश्चात रिपोटको आधारमा मात्र घर फर्काउन जिल्ला स्थित सम्बन्धीत सबै निकाय स्थानीयतहलाई जानकारी गराईसकेको समेत प्रजिअ पौडेलले बताए ।
डोटी जिल्लामा सबै स्थानीय तहले तयार गरेका क्वारेन्टिनमा भारत लगाएत अन्य मुलुकबाट आएकालाई पहिलो चरणमा २१ दिन राखेको थियो समयावधी पुरा भई र्यापीड डाइग्नोष्टिक टेस्ट (आरडीटी) जाचँ पश्चात सबैको रिपोट नेगेटिभ आएपछि सबैलाई घर पठाईएको हो ।
मंगलबार मात्र बडीकेदार गाउँपालिकाले स्थापना गरेको ज्योतिपुञ्ज बहुमुखि क्याम्पस बिपिनगरमा १२ जना काठमाडौंबाट र ४ जना कैलालीबाट आएकालाई क्वारेन्टिनमा राखेको छ भने जिल्लाका अन्य स्थानिय तहले तयार गरेका क्वारेन्टिर्न न हाललाई खालि रहेका छन् ।
दिपायल- डडेल्धुराको चिरञ्जिवी पोलिक्लिनिकले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार...