२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

महिलाहरुका लागि दुना टपरी तालिम


दिपायल- ग्रामीण भेगका महिलाहरुलाई व्यवसायिक बनाउने लक्ष सहित दुना टपरी बनाउने तालिम आयोजना गरिएको छ । शिखर नगरपालिका–३ आलीमा एक हप्ते तालिमको आयाजना गरिएको हो ।

शिखर नगरपालिकाको सहयोगमा द्वारिकादेवी ठकुरानी ट्रष्ट र सीताराम तेज स्मृति प्रतिष्ठानको आयोजनामा तालिम सुरु गरिएको हो । तालिमको उद्घाटन गर्देै शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बलायरले महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्येश्य सहित नगरपालिका भित्र विभिन्न सिपमुलक कार्यक्रमहरु अघि सारेको बताए । पछिल्लो समय प्लाष्टिकको प्रयोग बन्द गरिदै आएको छ, यस्तो अवस्थामा दुना टपरीको माग पनि बढ्दै गएको छ, “उनले भने,“बजार पनि राम्रो छ । यहाँका दिदीबहिनीहरुले सिप सिकेर व्यवसायिक रुपमा काम गर्ने इच्छा राख्नुभयो भने नगरले सक्दो सहयोग गर्ने छ ।”

तालिम पश्चात महिलाहरु व्यवसायिक बनुन् र आफ्नो घरखर्च चालाउन सकुन् भन्ने उद्येश्यले तालिमको आयोजना गरिएको द्वारिकादेवी ठकुरानी ट्रष्टकी अध्यक्ष प्रतिमा शाहीले बताइन् । दक्ष तालिमप्राप्त दुना टपरी व्यवसायीलाई प्रशिक्षकका रुपमा ल्याएर दुना टपरी बनाउने मसिन सहित तालिम दिन लागेको उनले बताइन् ।

नगरपालिकाले महिलाहरुलाई आत्मनिर्भर बनाउने लक्ष सहित विभिन्न किसिमका सिपमुलक तालिमहरुको आयोजना गर्दै आएको नगर उपप्रमुख सुनिता रावल जोराले बताइन् । सालका पातहरु पाउने अन्य वडाहरुमा पनि तालिमलाई विस्तार गरिने उनले बताइन् । हाल नगरपालिकाले सिलाइकटाइ, पोते बुन्ने, टपरी बनाउने तालिम सञ्चालन गर्दै आएको रावलले बताइन् ।

तालिममा २५ जना महिलाहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । सानीडाँडा फुलबारी दुना टपरी उद्योग कैललीकी सञ्चालक भावना मगर प्रशिक्षकका रुपमा छन् । तालिम एकसातासम्म सञ्चालन हुने छ ।

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०७९ फाल्गुन २७

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP