२०८३ असार ८, सोमबार
June 22, 2026, Monday

सोमबार सरकारले सात अर्ब आन्तरिक ऋण उठाउँदै

 काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबार १५ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । ८ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणका लागि र ७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नयाँ जारी गर्न लागेको हो ।

नेपाल सरकारको बजेटको लक्ष्य अनुसार आन्तरिक ऋण परिचालन गर्न राष्ट्र बैंकले ७ अर्ब रुपैयाँ बराबरको ३६४ दिन अवधिको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो । यस्तै २८ दिन अवधिको ५ अर्ब रुपैयाँको र ९१ दिन अवधिको ३ अर्ब १३ करोडको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।

८ फागुनमा भएको बोलकबोलमा २८ दिन अवधिको ट्रेजरी बिलको औसत डिस्काउन्ट रेट ७.२५५५ प्रतिशत कायम भएको थियो । यस्तै ९१ दिन अवधिको ट्रेजरी बिलको डिस्काउन्ट रेट ९.५७१६ प्रतिशत कायम भएको थियो ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७९ फाल्गुन १५

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP