२०८३ कार्तिक ३, सोमबार
October 19, 2026, Monday

लकडाउन थप कडा : एक जिल्लाबाट अर्को जिल्ला जान रोक

काठमाडौं- सरकारले लकडाउनलाई थप कडा पारेको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिन गरिएको लकडाउनको अवधिमा पनि हिनडुल नरोकिएपछि गृहमन्त्रालयले लकडाउन अवधिभर अनुमति बिना एक जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाएको छ ।

कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र ७ वटै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई परिपत्र गरेर एक जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्न नदिन निर्देशन दिएको छ ।

गृहको यो निर्णयसँगै विभिन्न जिल्लाबाट घर फर्किन हिँडेकामाथि थप समस्या पर्नेछ। गृहले हाल बसोबास गरिरहेको स्थानबाट अन्यत्र नजान पनि सर्वसाधारणलाई अपिल गरेको छ।

मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले लकडाउन अवधिभर सर्वसाधारणलाई एक जिल्लाबाट अर्को जिल्लामा जान नदिने गरी सुरक्षा व्यवस्था मिलाउन प्र्शासन र सुरक्षा निकायलाई परिपत्र गरिएको बताए।

Related News

डोटीमा जिप दुर्घटना, एक महिला घाइते
डोटीमा जिप दुर्घटना, एक महिला घाइते
  • २०७७ बैशाख ५

दिपायल — डोटीको दिपायल सिलगढी नगरपालिका–६ नाचनथलीमा जिप दुर्घटना हुँदा...

TOP