२०८३ श्रावण ४, सोमबार
July 20, 2026, Monday

लकडाउन थप कडा : एक जिल्लाबाट अर्को जिल्ला जान रोक

काठमाडौं- सरकारले लकडाउनलाई थप कडा पारेको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिन गरिएको लकडाउनको अवधिमा पनि हिनडुल नरोकिएपछि गृहमन्त्रालयले लकडाउन अवधिभर अनुमति बिना एक जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाएको छ ।

कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र ७ वटै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई परिपत्र गरेर एक जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्न नदिन निर्देशन दिएको छ ।

गृहको यो निर्णयसँगै विभिन्न जिल्लाबाट घर फर्किन हिँडेकामाथि थप समस्या पर्नेछ। गृहले हाल बसोबास गरिरहेको स्थानबाट अन्यत्र नजान पनि सर्वसाधारणलाई अपिल गरेको छ।

मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले लकडाउन अवधिभर सर्वसाधारणलाई एक जिल्लाबाट अर्को जिल्लामा जान नदिने गरी सुरक्षा व्यवस्था मिलाउन प्र्शासन र सुरक्षा निकायलाई परिपत्र गरिएको बताए।

Related News

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
  • २०७७ बैशाख ५

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई...

TOP