
दिपायल – सिद्धेश्वर माध्यामिक विद्यालयमा चारकोठे भवन निर्माण हुने भएको छ । शिखर नगरपालिका – १० बानेडुग्रीसैनमा रहेको उक्त विद्यालयमा ५० लाखको लागतमा भवन निर्माण हुन लागेको हो ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत निर्माण हुन लागेको उक्त भवनको मंगलबार शिलान्यास गरीएको छ । भवनको शिलान्यास शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बहादुर बलायरले गरेका हुन् ।
भवनको शिलान्यास गर्दै नगर प्रमुख बलायरले विद्यालयको भौतिक तथा शैक्षिक अवस्था सुधारका लागि नगरपालिका प्रतिवद्ध रहेको बताए ।
दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...