२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

करैचाबाट अवैध काठ सहित एक जना पक्राउ

जमुना निउरे

कैलाली- घोडाघोडी नगरपालिका–७ करैचा गाउँबाट अवैध काठ सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका–७ का ४५ बर्षिय गोबारी राम चौधरी रहेका छन् ।

चौधरीलाई डिभिजन वन कार्यलय पहलमानपुर, सब डिभिजन वन कार्यलय सुखड र सब डिभिजन वन कार्यलय भजनीको संयुक्त टोलिले अवैध काठ तस्करी गरी लुकाई रहेको बेला पक्राउ गरेको हो । उनलाई बिहीबार दिउँसो २ बजे साजको १२ थान कडी घरमा लुकाइरहेको अवस्थामा पक्राउ गरिएको डिभिजन वन कार्यालय सुखडका प्रमुख समीर थापाले बताए ।

कैलालीका विभिन्न वनहरुमा लकडाउनको मौका छोपी काठ तस्करी बढि रहेको गुनासो आएपछि वन कार्यालयहरुले वन निरिक्षणमा जोड दिएका छन् ।

काठ चोरीमा संलग्न चौधरीलाई वनको टोलीले लकडाउनका कारण स्थानीय जन प्रतिनिधि तथा स्थानियको रोहोबरमा छोडिएको छ । लकडाउन सकिय पछि चौधरीलाई वन ऐन २०७६ र वन निमावलि २०५१ अनुसार काहबाही हुने डिभिजन वन कार्यलय पहलमानपुरका प्रमुख कृष्ण दत्त भट्ट ले बताए ।

वनको निरिक्षण टोलीले चौधरीले लुकाउन खोजेको काठ बरामद गरेको छ ।

Related News

अब नेपाल टेलिकमका सिमकार्ड घरमै, हुलाक सेवामार्फत वितरण सुरु
अब नेपाल टेलिकमका सिमकार्ड घरमै, हुलाक सेवामार्फत वितरण सुरु
  • २०७७ बैशाख ४

अब नेपाल टेलिकमका सिमकार्ड घरमै, हुलाक सेवामार्फत वितरण सुरु काठमाडौं...

TOP