२०८२ कार्तिक २२, शनिबार
November 8, 2025, Saturday

कैलालीमा रबी लामिछानेका समर्थकहरूले कान्तिपुर दैनिक पत्रीका जलाए

दिपायल – कैलालीमा रबी लामिछानेका समर्थकहरूले कान्तिपुर दैनिक पत्रीका जलाएका छन्। घोडाघोडी नगरपालिकास्थित सुखड बजारमा आज बिहान केही युवाहरूले कान्तिपुर बहिष्कार गर्ने भन्दै पत्रीका जलाएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने विरुद्ध समाचार लेख्दै आएको भन्दै उनीहरूले कान्तिपुर पत्रीका जलाएका छन् ।

आइतबार पत्रकार सम्मेलन गर्दै लामिछानेले नेपाली मिडियामाथि असन्तुष्टि जनाएका थिए । मिडियाले गलत भूमिका खेलेको दाबी गर्दै उनले त्यसको विरोध गरेका थिए ।

उनले केही पत्रिका र अनलाइनको नाम लिँदै आफू विरुद्ध गलत समाचार लेखिएको खण्डमा घेर्न आउने बताएका छन्।
उनले केही मिडियाको विरोध गरेकै कारण उनका समर्थकले पत्रीका जलाएका हुन् । यता नेपाल पत्रकार महासङ्घ कैलालीले पत्रीका जलाएको प्रति आपत्ति जनाएको छ ।

पत्रकार महासङ्घ कैलालीका अध्यक्ष हिमालय जोशीले मिडिया प्रति असन्तुष्टि जनाउन पाइन्छ तर पत्रीका नै जलाउनु अपराध भएको बताए । मिडिया प्रति रिसीबि अथवा असन्तुष्टि भए त्यसका कानुनी बाटाहरू छन् तर, यो जल्ने र जलाउने कुरा जनताको हक विरुद्ध हो ।,’ जनताले सूचना पाउनुपर्ने अधिकारलाई नै यसरी जलाउनु प्रति महासङ्घको घोर आपत्ति रहको उनले बताए । उनले यसमा छानबिन गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउने बताए ।

Related News

आज शिखर नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा शोक बिदा
आज शिखर नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा शोक बिदा
  • २०७९ माघ २३

दिपायल – शिखर नगरपालिकाले नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा आज (बुधबार)...

TOP