२०८३ कार्तिक ८, शनिबार
October 24, 2026, Saturday

दार्चुलामा प्लाष्टिक जस्तो देखिने चामल बरामद

दार्चुला – दार्चुलाको खलंगा नाकाबाट भित्रिएको एक बोरा चामलमा अखाद्य वस्तु रहेको पाइएको छ । भारतीय बजार धारचुलाबाट महाकाली नगरपालिका–१ लास्कुकी कलावती भूलले ल्याएको ४० केजीको चामलको बोरामा प्लाष्टिक जस्तो देखिने चामल फेला परेको भन्सार कार्यालय दार्चुलाले जनाएको छ ।

उक्त चामलमा अखाद्य वस्तु मिसावट भएको हुन सक्ने अनुमान गरिएको छ । ती प्लाष्टिक जस्तो देखिने चामल बाल्दा आगो फुट्ने र गल्ने तथा प्लाष्टिकको गन्ध आउने गरेको छ ।

Related News

डोटीमा जिप दुर्घटना, एक महिला घाइते
डोटीमा जिप दुर्घटना, एक महिला घाइते
  • २०७९ माघ ६

दिपायल — डोटीको दिपायल सिलगढी नगरपालिका–६ नाचनथलीमा जिप दुर्घटना हुँदा...

TOP