कैलाली- कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिएको बेला विश्व बजारमा पिपिईको बढ्दो माग रहेको छ । सरकारको स्वास्थ्य सामग्री खरिद प्रकृया नै अलमलमा परेकाले नेपाली बजारमा झनै यस्को चरम अभाव रहेको छ ।
कोभिड १९ नियन्त्रणमा जुटेका स्वास्थ्यकर्मीहरु संग नै पिपिईको अभाव छ । सरकारी अस्पतालहरुमा सरकारले केहि मात्रामा व्यवस्था गरे पनि नीजि तथा सामुदायिक अस्पतालहरुले अझै पनि सहज रुपमा पिपिई खरिद गर्न सकेका छैनन् ।
सुदूरपश्चिम प्रदेशमा पिपिई, माक्स, सेनेटाइजरको माग बढ्दै गएको छ । भाइरसको बढ्दो संक्रमणका कारण पिपिईको कालोबजारी समेत हुन थलेको छ । पिपिई खरिद गर्न पाउँदै नपाइने पाइए पनि निकै महंगोमा खरिद गर्नुपर्ने बाध्यता रहेको नीजि अस्पताल सञ्चालकहरु बताउँछन् ।
पिपिईको अभावलाई मध्य नजर गर्दै सुदूरपश्चि प्रदेशको राजधानी कैलीमा पिपिई (पर्सनल प्रोटेक्टिभ इक्विपमेण्ट) उत्पादन सुरु गरिएको छ । नेपाली काँग्रेसका युवा नेता ललित बलायर पिपिई उत्पादनमा जोड दिएका छन् । यस अघि जकेट, पाइण्ट लगायतका कपडाहरु उत्पादन गर्दै आएका उनले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पिपिई उत्पादनमा जोड दिएका हुन् ।
धनगढीमा रहेको गुञ्जन गार्मेण्ट एण्ड एल.एल.वि. इन्टरनेस्नल प्रा.लि. मार्फत बलायरले सुदूरपश्चिमको माग लाई मध्यनजर गर्दै पिपिई उत्पादन गर्न थालिएको बताए । बलयारले दैनिक एक सय बढी पिपिई सेट उत्पादन गर्न सकिने बताए । उनले प्लास्टिक, लगायतका कच्चा पदार्थको व्यवस्था भए , पिपिइका पुर्ण सेट, पिपिई गावन, बुट, हेलमेट लगायतका गुणस्तरिय सामग्री समेत उत्पादन गर्न सकिने बताए । अहिले उनको कम्पनीले पिपिई, माक्स लगायतका सामग्री उत्पादन गर्दै आएका छन् ।
नेपाली बजार तथा सुदूरपश्चिममा पिपिएको अभाव देखिए पछि कोरोना संक्रमण संग जुझ्नका लागि उपचारमा संलग्न स्वास्थ्यकर्मी, संक्रमण नियन्त्रणका लागि खटिएका सुरक्षाकर्मी, सञ्चारकर्मीले आफु सुरक्षित भएर काम गर्न सक्ने बाताबरण सृजना होस् भन्ने हेतुले पिपिई उत्पादनलाई जोड दिएको बलायरले बताए । उनले शिखर समाचार संगको कुराकानीमा सुदूरपश्चिमलाई लक्षित गरी उत्पादनलाई जोड दिएको बताउँदै यहाँका अस्पताल, स्थानिय तह प्रदेश सरकार तथा सुरक्षा निकायले अडर दिए अन’सारको पिपिई सेट उत्पादन गरि बढ्दो माग लाई परिपूर्ति गर्न सकिने बताए ।
उनले फाइदाका लागि भन्दा पनि सेवामुक भावनाले पिपिई उत्पादन गरेको बताउँदै कच्चापदार्थ र कामदारको ज्याला मात्रै आउँने गरेर सुलभ मुल्यमा बिक्रि बितरण गर्ने बताए ।
धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...