२०८२ पुष २, बुधबार
December 17, 2025, Wednesday

इटालीबाट आएकी महिलामा एन्टिबडी पोजेटिभ, टेस्ट गर्ने डाक्टर नै क्वारेन्टाइनमा

काठमाडौं- इटालीबाट आएकी ३१ वर्षीया एक महिलाको र्‍यापिड टेस्टका क्रममा एन्टिबडी पोजेटिभ देखिएको छ । उनको पीसीआर विधिबाट परीक्षण हुन बाँकी छ ।

बुढानीलकण्ठ नगरपालिकाले विदेशबाट आएकाहरुको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना सं‌क्रमण परीक्षण  सुरु गरेको थियो । त्यसक्रममा उनी आफैँ जाँच गराउन आइपुगेकी थिइन् ।

‘२२ दिनसम्म घरमै क्वारेन्टाइनमा बसेको थिएँ भन्दै आउनुभयो । टेस्ट गर्दा पोजेटिभ आयो’ मेयर उद्धवप्रसाद खरेलले भने, ‘उहाँ विदेशबाट आउनु भएको स्थानीय तहको रेकर्डमा थिएन ।’

चैत पहिलो साता आएकी उनले १४ दिन क्वारेन्टाइनमा बसेपछि आफन्तसँग भेटघाट गर्ने गरेको पाइएको छ ।

बुधबार भएको टेस्टमा एन्टिबडी पोजेटिभ आएपछि पीसीआर विधिबाट परीक्षणका लागि स्वाब संकलन गरी पठाइएको छ ।

र्‍यापिड टेस्टमा खटिएका डाक्टर, उनका एक सहयोगी र ल्याबका तीन जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

मेयर खरेलकाअनुसार स्थानीय तहले विदेशबाट आएकाहरुलाई सूचीकृत गर्न भनेको थियो । तर, धेरैले नगरेको पाइएको छ । अहिले र्‍यापिड टेस्टका क्रममा भने उनीहरु सम्पर्कमा आएका छन् ।

Related News

सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले पाए सात दिने तालिम 
सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले पाए सात दिने तालिम 
  • २०७७ बैशाख ४

दिपायल – सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले सात दिने “भलिबल...

TOP