२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026, Friday

स्वामिकार्तिक खापर गाउँपालिकाको एम्बुलेन्स यात्रु ओसार्नमै व्यस्त

बाजुरा- लकडाउनको मौका छोपेर यात्रु ओसार्ने एम्बुलेन्सलाई प्रहरीले नियनत्र्णमा लिएको छ। बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको सुदूरपश्चिम प्रदेश ००१ झ ३९१ नम्बको एम्बुलेन्सले छ जना यात्रु ओसारिरहेको अवस्थामा प्रहरीले फेला पारेको हो।

नेपालगंजबाट बाजुराका लागि एक प्यारालाइसिस भएका बिरामी राखेर यात्रु ओसारिरहेको अवस्थामा सदरमुकाम मार्तडीमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टराईले बताए।

नेपालगंज, सुर्खेत, अछाम हुँदै बाजुरा पुगेको उक्त एम्बुलेन्समा स्वामिकार्तिक खापर गाउँपालिकाका स्थानीयवासी रहेको उनले जानकारी दिएका छन्।

एम्बुलेन्समा बिरामीको अवस्था हेरेर बढीमा दुई कुरुवा ल्याउन पाउने व्यवस्था भए पनि नियमविपरीत एम्बुलेन्समा यात्रु बोक्नु गलत भएकाले मुद्दा चलाउने प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताए। 

Related News

शिखर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा 
शिखर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा 
  • २०७७ बैशाख ४

दिपायल – शिखर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका...

TOP