२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

दिल्लीबाट फर्किएका सप्तरीका थप दुई जनाको ‘एन्टिबडी’ पोजेटिभ

भारतको दिल्लीस्थित निजामुद्दिन तबलिकी जमातमा सहभागी भएर फर्किएका सप्तरीका दुई जना व्यक्तिको र्‍यापिड टेस्टबाट कोरोना भाइरस एन्टिबडी पोजेटिभ देखिएको छ। अहिले दुवै जनालाई राजविराजस्थित गजेन्द्रनारायण अस्पतालको आइसोलेसनमा राखिएको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल झाका अनुसार दुवै व्यक्तिको स्वाब पिसिआर परीक्षणका लागि धरान पठाइएको छ। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआरबाट कोरोना परीक्षण हुँदै आएको छ।

मंगलबार ती दुई जनासँगै दिल्लीबाट आएका कुल सात जना र्‍यापिड टेस्ट गराउन आएकामा पाँच जनाको नतिजा नेगेटिभ आएको थियो। पाँच जनालाई पनि खड्ग नगरपालिकाको क्वारेन्टाइनमा पठाइएको डा. झाले जनाए।
पोजेटिभ देखिएका दुवै जना पुरूष हुन्। एक महिनाअघि दिल्लीबाट फर्किएका उनीहरू आ-आफ्नो घरमा बसेका थिए।

मंगलबार नै काभ्रे र धादिङका तीन जना व्यक्तिको पनि र्‍यापिड टेस्टमा एन्टिबडी पोजेटिभ देखिएको छ। काभ्रेका दुई जनालाई धुलिखेल अस्पताल र धादिङका एक जनालाई टेकु अस्पताल पठाइएको छ। तीनै जना विदेशबाट आएका थिए।
र्‍यापिड टेस्टबाट परीक्षण गर्दा एन्टिबडी पाइए काेराेना संक्रमणको सम्भावना हुनसक्ने र त्यसलाई फेरि पिसिआर विधिबाट पुनः परीक्षण गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

कहिलेकाहीँ भने किटले काेराेना भाइरसविरुद्ध लड्ने एन्टिबडी शरीरमा देखाए पनि काेराेना भाइरस नहुन सक्छ।

Related News

अब नेपाल टेलिकमका सिमकार्ड घरमै, हुलाक सेवामार्फत वितरण सुरु
अब नेपाल टेलिकमका सिमकार्ड घरमै, हुलाक सेवामार्फत वितरण सुरु
  • २०७७ बैशाख ३

अब नेपाल टेलिकमका सिमकार्ड घरमै, हुलाक सेवामार्फत वितरण सुरु काठमाडौं...

TOP