२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

वैशाख १५ सम्म ‘लकडाउन’ जारी राख्ने निर्णय, ‘थप कडाइ गरिने’

काठमाण्डू पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएको एक परिवारका दुई जनामा कोरोनाभाइरस सङ्क्रमण भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेकै दिन मन्त्रिपरिषद्ले देशभर जारी ‘लकडाउन’ वैशाख १५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ।

तीन सातायता मानिसहरूको हिँडडुल र सवारी आवतजावतमा लगाइएको प्रतिबन्ध थप १२ दिनको थप्न लागिएको उर्जामन्त्री वर्षमान पुन र शिक्षामन्त्री गिरिराजमणी पोखरेलले बीबीसीसँग पुष्टि गरेका हुन्।

मङ्गलवार नै छिमेकी भारतले त्यहाँ लगाइएको ‘लकडाउन’ वैशाख २१ गतेसम्म लम्ब्याउने निर्णय गरेको थियो।

‘आयातित’ सङ्क्रमण रोक्न लकडाउन लम्ब्याइने

मङ्गलवार पेप्सीकोलामा सङ्क्रमित पुष्टि हुनेहरू लण्डनबाट चैत पहिलो साता नेपाल आएको बताइएको छ।

“काठमाण्डूमा समेत सङ्क्रमण पाइएको अवस्थामा अब राजधानीमा लकडाउन अझ कडा बनाइनेछ,” मन्त्री पुनले भने।

भारतसँगको खुला सीमा नाकाहरू थप कडा पार्नेबारे समेत सुरक्षा निकायहरूलाई निर्देशन दिने निर्णय गरिएको मन्त्री पुनले बताए।

अन्तर्राष्ट्रिय विमानको आवतजावत र अन्य सीमा नाकाहरूमा भने १८ वैशाखसम्म लगाउने रोक बताइएको छ।

चिन्ता

हालसम्म नेपालमा १६ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएकोमा लगभग सबैजना विदेशबाट आएकाहरू रहेका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने: “यसअघि नै ‘लकडाउन’ भएपनि राष्ट्रिय गौरवका आयोजना तथा अत्यावश्यक उद्योग धन्दालाई सहजीकरण गरिने बताइँदै आएको छ।”

भारतमा लगातार सङ्क्रमणका सङ्ख्या बढेपछि नेपालमा पनि चिन्ता बढिरहेको छ।

त्यहाँ करिब १० हजारलाई सङ्क्रमण भएको बताइएको छ भने तीन सयभन्दा धेरैको ज्यान गइसकेको छ।

पछिल्लो समय भारतसँगका खुला सिमानामा नेपालले सशस्त्र प्रहरी गस्ती बढाएको छ।

Related News

अब नेपाल टेलिकमका सिमकार्ड घरमै, हुलाक सेवामार्फत वितरण सुरु
अब नेपाल टेलिकमका सिमकार्ड घरमै, हुलाक सेवामार्फत वितरण सुरु
  • २०७७ बैशाख २

अब नेपाल टेलिकमका सिमकार्ड घरमै, हुलाक सेवामार्फत वितरण सुरु काठमाडौं...

TOP