२०८३ असार ८, सोमबार
June 22, 2026, Monday

प्रतिनिधिसभाका निर्वाचित सांसदहरुले पाउने करिब १० अर्ब बजेट कोरोना कोषमा

काठमाडौं

प्रतिनिधिसभामा निर्वाचित सांसदहरुले पाउने बजेट कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा राख्न संसद्मा सहमति जुटेको छ ।

आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सांसदहरुले पाउने रकम कोरोना कोषमा राख्न सहमति जुटेको हो ।

बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुका प्रमुख सचेतक, सचेतक, सभामुख, संघीय संसद्का कार्यवाहक महासचिव, सचिव लगायतको उपस्थिति थियो ।

सभामुख अग्निप्रसाद सापकोटाले स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गतको चालु आर्थिक वर्षको खर्च हुन बाँकी रकम र आगामी आर्थिक वर्ष २०७७/०७८ को रकम कोरोना कोषमा राख्नेबारे सहमति भएको जानकारी सरकारलाई गराउनुहुनेछ ।

प्रतिनिधिसभामा निर्वाचित १ सय ६५ जनालाई चालु आर्थिक वर्षमा ६ करोडको दरले छुट्याइएको थियो । यो रकम करिब १० अर्ब हुन्छ ।

कोभिड १९ को जोखिम बढ्दै गएपछि सांसद विकास कोषको उक्त रकम कोरोना कोषमा राख्नु पर्ने आवाज उठ्दै आएको थियो ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७७ बैशाख २

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP