२०७९ चैत्र १०, शुक्रबार
March 24, 2023, Friday

श्रीमानले कुट्दा श्रीमतीको मृत्यु

नेपालगञ्ज – बाँकेको बैजनाथ गाउँपालिका–२, पहाडीपुरमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ । घरायसी विवादमा पहलमानसिंह मगरले लठ्ठीले हान्दा श्रीमती दिलमाया मगरको मृत्यु भएको हो ।

घटना ३० गते दिउँसोको थियो । मृत्यु आज २ गते भयो । प्रहरीका अनुसार, बैशाख ३० गते मदिराका विषयमा श्रीमान र श्रीमतीको झगडा भएको थियो ।

विवाद उग्र हुँदै गएर हात हालाहालको स्थितिमा पुग्यो । श्रीमानले श्रीमतीलाई लठ्ठीले हाने । धकेल्दा श्रीमतीको टाउको भित्तामा ठोकियो ।
३४ वर्षीया श्रीमती दिलमायालाई भित्री गम्भीर चोट लाग्यो ।

भोलिपल्टसम्म पनि कुनै उपचार गरिएन । टाउकोको चोटले गम्भीर भएपछि आज बिहान अस्पताल लगियो । श्रीमानले नै अस्पताल लगेका थिए । अस्पतालमा दिलमायाको मृत्यु भयो ।

इलाका प्रहरी कार्यालय, कोहलपुरको टोलीले पहलमानसिंहलाई नियन्त्रणमा लिएको छ । घटनास्थलमा पुगेका कोहलपुरका प्रहरी निरीक्षक रणबहादुर विष्टले मदिराको झगडाले अपराध हुन पुगेको जानकारी दिए ।

Related News

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
  • २०७७ बैशाख २

काठमाडौं – नेपालको १२ औं राष्ट्रिय जनगणना २०७८ को नतिजा...

TOP