२०८१ मंसिर १८, मंगलवार
December 3, 2024, Tuesday

कैलालीकी बृद्धामा कोरोना देखिएपछि क्वारेन्टाईनबाट घर पठाईएका माथि आशंका बढ्यो

कैलाली- ६० वर्षीया महिलामा कोरोना देखिएपछि अनिवार्य क्वारेन्टाईनबाट घर फर्काइँएका सुदूरपश्चिमका ९ सय ७९ जनामाथि पनि आशंका बढेको छ। संघिय सरकारले तालिम प्राप्त स्वास्थ्यकर्मीको टोली खटाएर आईतबार सम्म दुई हजार ३१ जनाको र्‍यापिड टेष्ट गराएको  स्वास्थ्य आपतकालिन केन्द्र डोटीले जनाएको छ।

उनीहरु सबैको रिर्पोट नेगेटिभ आएको छ। ती मध्ये आईतबार सम्म नौँ सय ७९ जनालाई होम क्वारेन्टाईनमा बस्नेगरी घर पठाईएको थियो।  तर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षणपछि कोरोनाको संक्रमण देखिएकी महिलाको पनि यसअघि र्‍यापिड टेष्ट गर्दा नेगेटिभ रिर्पोट आएपछि  ७ दिन होम क्वारेन्टाईनमा बस्नेगरी घर फर्काइएको थियो।

प्रयोगशालाले महिलाको रिर्पोट पोजेटिभ देखाएपछि र्‍यापिड टेष्टको विश्वसनीयतामाथि प्रश्न उठेको छ भने कतै अहिले घर फर्काइएकाहरुमा पनि कोरोना संक्रमण भए समुदायमा समेत फैलिने चिन्ता व्यक्त गरिएको छ। कोरोना भाईरसका विरामीको उपचारमा खटिएका सेती प्रादेशिक अस्पतालका फिजिसियन डाक्टर शेरबहादुर कमरले कोरोना परिक्षणका लागि अपनाईएको र्‍यापिड टेष्ट विश्वसनीय नभएको बताए।

‘र्‍यापिड टेष्ट मात्र हैन् पीसीआर प्रविधीबाट गरिएको परिक्षणलाई पनि शत प्रतिशत विश्वास नसकिने अवस्था छ।’ कमरले भने, ‘काठमाडौँमा पीसीआर प्रविधीबाट  परिक्षण गरेको रिर्पोटलाई पनि शत प्रतिशत मान्न सकिदैन्। एक सय जनामा झण्डै आधा प्रतिशतको मात्र सही रिर्पोट आउँछ। र्‍यापिड टेष्टको झन एकदम कम हुन्छ। परिक्षणलाई मात्र शत प्रतिशत विश्वास गर्न सकिने अवस्था नरहेको बताउँदै उनले र्‍यापिड टेष्टमा नेगेटिभ आएको भन्दै घर जाउ, मनलाग्दो रुपमा हिड भन्ने होईन्।’

 विदेशबाट आएकाहरुले कम्तीमा दुईदेखि तीन हप्ता क्वारेन्टाईनमा बस्नुपर्ने उनको भनाई छ। कोरोनाको सबैभन्दा उचित उपचार क्वारेन्टाईन नै भएको उनी बताउँछन्। सुदूरपश्चिममा र्‍यापिड टेष्टबाट नेगेटिभ देखिएका सबै नमूनाको पीसीआर प्रविधिबाट परिक्षण गरिएको छैन्।

र्‍यापिड टेष्टमा भने कोभिड १९ ले संक्रमण गरेको शरीरले उत्पादन गर्ने ‘एन्टीबडी’को मात्रा परीक्षण गर्ने भएकाले विश्वनीय नहुने यसअघि नै स्वास्थ्यकर्मीहरुले बताईसकेका थिए। र्‍यापिड टेष्टमा पोजेटिभ देखाएपनि पुष्टिका लागि पीसीआर परीक्षण गर्नै पर्ने हुन्छ।

संघीय सरकारले सुदूरपश्चिममा १० हजारको र्‍यापिड  टेस्ट गर्ने जनाएको छ। विश्व स्वास्थ्य संगठनले समेत  र्‍यापिड टेष्ट विश्वसनीय नभएकाले परीक्षणमा प्रयोग नगर्न भनेका बेला सरकारले भने र्‍यापिड  टेष्ट गरिरहेको हो। 

र्‍यापिड टेष्टमा रिर्पोट नेगेटिभ आएकाहरुलाई ७ दिन होम क्वारेन्टाईनमा बस्ने र उनीहरुको निगरानी स्थानीय स्तरमा महिला स्वास्थ्य स्वयंम सेविकाले गर्ने व्यवस्था सरकारले गरेको छ। 

संक्रमित महिलाका तीन जना परिवारका सदस्यलाई फेरी क्वारेन्टाईनमा ल्याईयो

संक्रमित महिलाका तीन जना परिवारका सदस्यलाई फेरी क्वारेन्टाईनमा ल्याईएको छ। लम्कीचुहा नगरपालिका वडा नम्वर १ कि ६० बर्षीय महिलामा कोरोना संक्रमण देखिएपछि परिवारका अन्य तीन जना सदस्यलाई फेरी क्वारेन्टाईनमा राखिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ६० बर्षीय महिलालाई सेती प्रादेशिक अस्पतालमा ल्याउन लागिएको छ भने बाँकी तीन जनालाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा लगिएको छ। 

चारै जनाको ¥यापिड टेस्टमा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई २९ गते घर पठाईएको थियो। उनीहरु चारै जना विरगञ्जमा चिया पसल सञ्चालन गर्दै आएका थिए भने १७ गते लम्कीका लागि हिडेका थिए। १८ गते लम्कीका पुगेका थिए। उनीहरुसंगै ३६ जना आएका थिए भने १७ जना कैलाली पुगेका थिए। अहिले उनीहरुको पनि खोजी भईरहेको छ। 

 संक्रमित महिला सेती अस्पतालमा भर्ना

लम्कीचुहा नगरपालिकामा थप एक जनामा कोरोना संक्रमण देखिएपछि उनलाई सेती प्रादेशिक अस्पतालमा ल्याईएको छ। लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाईनबाट २९ गते घर पठाईएकी जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्वर १ की ६० बर्षीय महिलालाई अस्पतालको आईसोलेसनमा भर्ना गरिएको हो।

उनलाई आज घरबाटै टीकापुर अस्पतालको एम्बुलेन्स मार्फत सेती प्रादेशिक अस्पतालमा ल्याईएको हो। उनका परिवारका तीन जना सदस्यलाई भने फेरी लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखिएको छ। उनीहरु चारै जना पर्साको विरगञ्जबाट आएका थिए। ति महिला विरगञ्जमै चिया पसल सञ्चालन गर्दै आएकी थिईन्।

 c दिनेस खबर

Related News

शिखरका ३३ जना महिलाहरुलाई बाख्रा वितरण
शिखरका ३३ जना महिलाहरुलाई बाख्रा वितरण
  • २०७७ बैशाख १

दिपायल – शिखर नगरपालिकाका ३३ जना महिलाहरुलाई बाख्रा वितरण गरिएको...

TOP