२०८३ बैशाख ९, बुधबार
April 22, 2026, Wednesday

लकडाउन तोड्नेलाई तत्काल गोली हानेर मार्ने आदेश

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले कोरोनाभाइरस संक्रमण फैलिनबाट रोक्न देशमा लागू गरिएको लकडाउनको उल्लंघन गर्नेलाई गाली हानेर मार्न आदेश दिएका छन् । उनले लकडाउनको पालना नगर्ने वा लगडाउन लागू गराउन कुनै बाधा उत्पन्न गर्ने कुनै पनि व्यक्तिलाई तत्काल गोली हान्न आदेश दिएको अल जजीराले लेखेको छ ।

Filipino army troopers wearing protective masks arrive to augment police in Valenzuela, metropolitan Manila, Philippines early Sunday March 15, 2020. Thousands of Philippine police, backed by the army and coast guard, have started sealing the densely populated capital from most domestic travelers in one of Southeast Asia’s most drastic containment moves against the coronavirus. For most people, the new coronavirus causes only mild or moderate symptoms. For some, it can cause more severe illness, especially in older adults and people with existing health problems. (AP Photo/Aaron Favila)

दुतेर्तेले आफ्ना सुरक्षा बललाई यो पूरै देशको लागि चेतावनी भएको बताए । ‘यो समय रकारको आदेशको पालना गर्नुस्, कुनै पनि स्वास्थ्यकर्मी, डाक्टरलाई नोक्सान नपुर्याउनुस् । यो एक गम्भीर अपराध हुनेछ । त्यसैले म पुलिस र सुरक्षा बललाई आदेश दिन्छु जो लकडाउनमा समस्या उत्पन्न गराउँछ उसलाई तुरुन्त गोली हानिदिनू ।’

रोड्रिगो दुतेर्तेले आफ्ना देशवासीलाई गोली हान्न आदेश दिएको यो पहिलो पटक होइन । यसअघि पनि २०१६–१७ मा राष्ट्रपतिले लागूऔषध डिलरहरुलाई बिना कुनै कानुनी कारवाही सिधै गोली हान्न आदेश दिएका थिए । यतिबेलासम्म फिविपिन्समा २३ सयभन्दा धेरै संक्रमित भइसकेका छन् र ९६ जनाको मृत्यु भइसकेको छ । राष्ट्रपति दुतेर्तेले पनि आफ्नो कोरोना परीक्षण गराएका थिए जसको नतिजा नेगेटिभ निस्कियो । यद्यपि उनी आफैं पनि सेल्फ आइसोलेसनमा छन् ।

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०७७ बैशाख १

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP