२०८१ आश्विन २३, बुधबार
October 9, 2024, Wednesday

डोटीका २५७ जनाको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ : ७३ जनाको रिपार्ट आउँन बाँकी

डोटी- गत बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डोटीबाट तीन सय ३० जनाको थ्रोट स्वाब संकलन गरेर कोभिड–१९ को परिक्षणका लागि काठमाण्डौं लगेको थियो । जसमध्ये दुईसय ५७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले तीन सय ३० जनामध्ये दुई सय ५७ जनाको रिपोर्ट आएको र जसमा कोभिड–१९ को संक्रमण नदेखिएको बताए ।

बाँकी ७३ जनाको भोलीसम्ममा आउनसक्ने उहाँले जानकारी दिए । बिहिबार मन्त्रालयको टोलीले भारतबाट आएर जिल्लाका क्वारेन्टाईनमा बसेका तीन सय पाँच जना र केही सुरक्षाकर्मी र अन्य गरी तीनसय ३० जनाको थ्रोट स्वाब परिक्षणका लागि काठमाण्डौं लगेको थियो ।

यस्तै तीनदिन यता भईरहेको द्रुतपरिक्षणबाट थप ३१ जनाको परिक्षण गर्दा नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ । शिखर नगरपालिकामा १२ जना, केआईसिँह गाउँपालिकामा १६ जना र बोगटान फुड्सिल गाउँपालिकामा तीनजना होम क्वारेन्टाईनमा बसेकाको आज परिक्षण गरिएको थियो ।

योसंगै जिल्लामा दुई ७१ जनाको द्रुतपरिक्षण किटबाट कोभिड–१९ को परिक्षण हुँदा सबै नेगेटिभ आएको छ ।

Related News

कञ्चनपुरमा स्रोत नखुलेको २५ लाख रकम बरामद
कञ्चनपुरमा स्रोत नखुलेको २५ लाख रकम बरामद
  • २०७६ चैत्र ३०

कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रम्हदेवबाट स्रोत नखुलेको २५...

TOP