२०८२ बैशाख ६, शनिबार
April 19, 2025, Saturday

खप्तडको प्रवेशद्वार झिंग्रानामा पहिलो पटक पुग्यो बिजुली बत्ती

दिपायल- भु–स्वर्गका नामले चिनिने खप्तड राष्ट्रिय निकुञ्जको प्रवेशद्वार झिंग्रानामा पहिलो पटक बिजुली बत्ती पुगेको छ । पूर्वीचौकी गाउँपालिका–२ मा रहेको झिंग्राना र त्यस वरपरका गाउँमा बत्ती बलेपछि स्थानीयसँगै खप्तड जाने पर्यटकलाई पनि सहज हुने भएको छ ।

पूर्वीचौकी गाउँपालिको पहलमा विद्युत प्राधिकरण डोटी वितरण केन्द्रले राष्ट्रिय प्रसारणको थ्रीफेज विद्युत लाइन विस्तार गरेको हो । विस्तारित विद्युत लाइनको आइतबार पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले उद्घाटन गरेका छन् ।

विद्युत विस्तार भएसँगै सो बाटो भएर खप्तड जाने पर्यटकसँगै त्यस वडाका ६० घरधुरी लाभान्वित हुने डोटी वितरण केन्द्रका प्रमुख राजेन्द्र लाल देवले बताए ।

झिंग्राना भएर खप्तड जान वर्षेनी हजारौैं पर्यटकहरु आउने गरेको खप्तड होमस्टेका सञ्चालक दिपक बहादुर खड्काले बताए । यस अघि विद्युत नहुँदा खप्तड जादा आउँदा यहाँ बास बस्ने पर्यटकहरुलाई समस्या हुने गरेको थियो,“उनले भने,“मोबाइल, क्यामेरा, टर्च जस्ता सामग्रीहरु चार्ज गर्न समेत समस्या हुन्थ्यो । पर्यटकहरुले अध्यारोमा रात विताउनु पर्ने अवस्था थियो । विद्युत पुगेसँगै पर्यटकलाई पनि सहज हुने भएको छ ।”

पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष उपाध्यायले गाउँपालिकाका सवै टोल र बस्तीहरुमा राष्ट्रिय प्रसारण लाइन विस्तार गर्ने योजना रहेको बताए । खप्तडमा आउने पर्यटक, यहाँको सुरक्षार्थ खटिएका नेपाली सेना, राष्ट्रिय निकुञ्जका कर्मचारी, यहाँका व्यवसायी र वरपरका बासिन्दाहरुलाई लक्षित गरेर झिंग्रानामा विद्युत लाइन विस्तार गरिएको बताउँदै उनले गाउँपालिकाका विद्युत नपुगेका अन्य क्षेत्रमा पनि चाँडै विद्युत सेवा विस्तार गरिने बताए ।

Related News

नेपाली सेनामा भर्ना खुल्यो, दिपायलबाट ७५ जना छनोट गरिने (सूचनासहित)
नेपाली सेनामा भर्ना खुल्यो, दिपायलबाट ७५ जना छनोट गरिने (सूचनासहित)
  • २०७९ भाद्र २७

दिपायल– नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ...

TOP