२०८२ बैशाख २९, सोमबार
May 12, 2025, Monday

प्रवासमा रहेका नेपालीलाई स्वदेश फर्काउन गौरवशाली सुदूरको माग

कैलाली: गौरवशाली सुदूर नेपालले सरकार संग प्रवासमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन माग गरेको छ । गौरवशाली सुदूर नेपालले शनिबार प्रेस विज्ञप्ती जारी गर्दै भारत लगायतका अन्य मुलुकमा रहेका नेपाल फर्किन चाहने नेपालीहरुलाई स्वदेश फर्काउन माग गरेको हो ।

गौरवशाली सुदूर नेपालका अध्यक्ष बिनोद बोहरा (बोक्टानी किङ्ग) द्वारा हस्ताक्षरित विज्ञप्तीमा भारतको सिमानामा अलपत्र परेका तथा परदेशमा अफ्ठेरोमा परेका नेपाली नागरिकहरुलाई नेपाल ल्याउँन सरकार संग माग गरिएको छ । विज्ञप्तीमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि आफ्नो संगठले सरकारलाई साथ दिने उल्लेख गर्दै भारत तथा अन्य मुलुकमा रहेका नेपाली प्रति सबैले चिन्ता ब्यक्त गर्नुपर्ने बताइएको छ ।

शिखर समाचार संगको कुराकानीमा अध्यक्ष बोहराले बिशेष गरि भारतमा रहेका नेपालीहरुले दुख पाइरहेको बताउँदै उनिहरुको उद्धारका लागि सरकारले कुनै चासो नदाएको प्रति चिन्ता ब्यक्त गरे । उनले भने,‘मान्छेले अन्तिम मर्ने बेला समेत आफ्नो जन्मभुमी र देशलाई छुने रहर गरेको हुन्छ तर प्रवासमा रहेका जनता स्वच्छ छन्, भोकले तड्पीरहेका छन्, भारतमा भएको लकडाउन पछि उनिहरुलाई कामबाट निकालिएको छ । कयौं दिन सम्म भोकै छन् । भोक–भोकै पैदल हिंडेर आफ्नो माटो छुन नपाए पनि सिमा पारिबाट नजर लगाउँदै रोइरहेका छन् । सरकारलाई नेपाली गोली मागी रहेकाछन् । न सरकारले उद्धार गर्छ न हामिलाई गर्न दिन्छ । हामीले टुलुटुलु हेर्नु परेको छ ।’

उनले आफ्ना दाजुभाइ यसरी तड्पीयर बाँचेको हेर्न बाहेक अरु केही गर्न नसकेर सरकार संग अनुरोध गरेको बताए । सरकार संग उनिहरुलाई ल्याउँने भाडा छैन भने हामी व्यवस्था गछौं, उनिहरुलाई क्वारेण्टाइनमा राख्न सक्ने क्षमता छैन भने हामी व्यवस्था गछौं तर सरकारले उनिहरुलाई स्वदेश आउँन देवस् बोहराले थपे,‘सरकारले आफ्नो घर फर्किन रोक नलगावस् । हामीले भनेको सरकारले सुन्दैन मिडियाले हाम्रो आवाज सरकार सम्म पु¥याई दिनु प¥यो । हैन भने यो पीडा हेरेर बस्न सकिदैन नाका तोडेर, लकडाउन तोडेर हामीले आफ्ना दाजु भाई दिदी बहिनीहरुलाई स्वदेश ल्याउँनु पर्न हुन्छ । सरकार पहिलै सचेत बनोस् ।’

गौरवशाली सुदूर नेपालका अध्यक्ष बिनोद बोहरा (बोक्टानी किङ्ग) कलाकार पनि हुँन् । उनले चलचित्र निर्माण, निर्देशन तथा गीत गायन र अभिनय गर्दै आएका छन् ।

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०७६ चैत्र २९

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP