२०८३ कार्तिक ३, सोमबार
October 19, 2026, Monday

मारियोपोलमा ५०० भन्दा बढी नागरिक मारिएको युक्रेनको दावी

रूसको आक्रमणमा परी बन्दरगाहा शहर मारियोपोलमा ५०० भन्दा बढी नागरिक मारिएको युक्रेनले दाबी गरेको छ।

युक्रेनी अधिकारीहरुले रूसले आक्रमण गरेको क्षेत्रमा शव संकलनलाई जारी राखेका छन्। रूसी सेनाले अधिकांश सहरका आवसीय भवनहरूलाई निशाना बनाएर आक्रमण गरेको थियो।

अमेरिका र उसका पश्चिमा सहयोगी देशहरूले रूसविरुद्ध युद्ध अपराध गरेको भन्दै नयाँ प्रतिबन्धहरू लगाउन थालेका छन्। अमेरिकाले रूसमाथि नयाँ प्रतिबन्धको घोषणा गरेको छ। त्यसमध्ये रूसका केही महत्त्वपूर्ण र प्रभावशाली व्यक्ति अमेरिकाको निशानामा परेका छन्।

जसमा रूसी राष्ट्रपति भलादिमिर पुटिनका छोरीहरू र रुसी विदेशमन्त्री सर्गेई लाभरोभका आफन्तहरू पर्छन्। अमेरिकाले रुसका केही प्रभावशाली व्यक्तिमाथि यसअघि नै प्रतिबन्ध लगाइसकेको छ। उसले रूसी बैंक र धेरै कम्पनीमाथि पनि प्रतिबन्ध लगाएको छ।

Related News

डोटीमा जिप दुर्घटना, एक महिला घाइते
डोटीमा जिप दुर्घटना, एक महिला घाइते
  • २०७८ चैत्र २४

दिपायल — डोटीको दिपायल सिलगढी नगरपालिका–६ नाचनथलीमा जिप दुर्घटना हुँदा...

TOP