२०८३ असार ८, सोमबार
June 22, 2026, Monday

इन्धनको मूल्य फेरि बढ्यो : पेट्रोल प्रतिलिटर १५५ पुग्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगम सञ्चालक समितिको बैठकले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ५ रुपियाँ वृद्धि गरेको हो।

यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर १५ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर २०० वृद्धि भएको निगमले जनाएको छ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५५, डिजेल र मट्टीतेलको प्रतिलिटर १ सय ३८ रूपैयाँ पुगेको छ। तर खाना पकाउने एलपिजी ग्यासको मूल्य भने यथावत राखेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

मूल्यवृद्धि गर्दा पनि आगामी १५ दिनमा करिब चार अर्ब ६६ करोड नोक्सानी हुने निगमले जनाएको छ। सञ्चित बचत सकिएको र घाटा उच्च भएकाले इन्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्न रकमको अभाव भएको निगमले जनाएको छ।

आइओसीलाई भुक्तानी गर्न अपुग रकम मूल्य स्थिरीकरण कोष तथा अन्य वित्तीय संस्थाबाट ऋण लिनुपर्ने बाध्यात्मक अवस्था रहेको निगमका सहप्रवक्ता पुस्कर कार्कीले विज्ञप्तिमार्फत् जानकारी गराएका छन् ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७८ चैत्र ३

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP