२०८३ असार ८, सोमबार
June 22, 2026, Monday

धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस

काठमाडौं – नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि तीनजनाको नाम सिफारिस भएको छ।

सोमबार बसेको सिफारिस समितिको बैठकले बोर्डको अध्यक्षका लागि तीनजनाको नाम सिफारिस गरेको हो। नाम सिफारिस हुनेमा कृष्णराज पोखरेल, डाक्टर गोपाल भट्ट र रमेश हमाल रहेका छन्। सिफारिस भएका तीन जनामध्ये एक जनालाई मन्त्रिपरिषद्ले अध्यक्षमा नियुक्त गर्नेछ।

अध्यक्षका लागि १५ जनाको आवेदन परेको थियो। १५ जनामध्ये छनोट तथा सिफारिस समितिले आइतबार पाँच जनालाई अन्तर्वाताका लागि बोलाएको थियो। पाँच जनामध्येबाट पनि तीन जनालाई सिफारिस गरिएको हो।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७८ फाल्गुन ३

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP