२०८३ असार ८, सोमबार
June 22, 2026, Monday

वाणिज्य बैङ्कहरूले स्वैच्छिक रुपमा ब्याजदर तोक्न पाउने

काठमाडौँ । वाणिज्य बैङ्कहरूले स्वैच्छिक रुपमा ब्याजदर तोक्न पाउने भएका छन् ।

यसअघि ब्याजदर तोक्नुअघि बैंकर्स सङ्घले ब्याजदर कति तोक्ने भन्ने सहमति गरेर सोही अनुसार गर्दै आएकोमा फागुनदेखि भने बैङ्कहरूले नेपाल राष्ट्र बैकले तोकेको उच्चतम र न्यूनतमको सीमाभित्र रहेर स्वैच्छिक रुपमा ब्याजदर बढाउन अथवा घटाउन छुट दिएको छ ।

तर धेरै बैङ्कहरू तरलता अभावका कारण निक्षेपको ब्याजदर बढाउने पक्षमा देखिएका छन् । लामो समयदेखि तरलता समस्या भोग्दै आएका बैङ्कहरूले अहिले लगानीयोग्य रकम जोहो गर्न पनि ब्याजदर बढाउने तयारी थालेका हुन ।

शुक्रवार बसेको बैंकर्स एसोसिएसनको बैठकले बैङ्कहरूलाई ब्याजदर तोक्न स्वतन्त्र छोडेको नेपाल बैकर्स संघका अध्यक्ष एवं कृषि विकास बैकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले बताउनुभयो ।

उहाँले बैङ्कहरूले अब स्वैच्छिक रुपमा निक्षेपको ब्याजदर तोक्न पाउने छन् र त्यस्तो प्रबन्धले बजारमा देखिएको तरलताको सहज अवस्था निर्माण हुने अपेक्षा गरिएको पनि उल्लेख गर्नुभयो ।

राष्ट्र बैकले एक महिनामा समग्र बैंकिङ्ग सिस्टमको औसत ब्याजदर भन्दा १० प्रतिशतले मात्रै घटबढ गर्न पाउने व्यवस्था गरेको छ ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७८ माघ २८

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP