२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026, Friday

नेप्सेमा दोहोरो अंकको गिरावट

सेयर बजार परिसूचक नेप्सेमा मंगलबार दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन १५ अंकले बढेर २८ सय ५१ विन्दुमा अडिएको बजारमा आज पुनः १६ अंकको गिरावट आएको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १६.३० अंकले घट्दै २८ सय ३५.५८ अंकमा ओर्लिएको छ । यस दिन ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.८२ अंकले घट्दै ५३२.४९ अंकमा सीमित भएको छ । यस दिन ट्रेडिङ, होटल तथा पर्यटन, निर्जीवन बीमा, म्यानु एण्ड प्रो र म्युचुअल फन्ड उपसमूह धनात्मक भएका छन् भने, बाँकी अन्य उपसमूह ऋणात्मक भएका छन् ।

१६ अंक माथिले घटेको बजारमा आज ६ अर्ब २८ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । जबकि अघिल्लो दिन १५ अंकले घटेको बजारमा ५ अर्ब २ करोड २० लाख रुपैयाँको कारोबार भएको थियो ।

Related News

डोटी जेसीजले आयोजना गरेको दन्त शिविरमा ९१ जनाले लिए सेवा 
डोटी जेसीजले आयोजना गरेको दन्त शिविरमा ९१ जनाले लिए सेवा 
  • २०७८ माघ २५

  दिपायल – डोटी जेसीजले दिपायलमा एक दिन निःशुल्क दन्त...

TOP