
काठमाडौं – सेयर कारोबारको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। आज नेप्से ४०.५७ अंकले ओरालो लाग्दा कारोबार रकम पनि खुम्चिएको छ। यसदिन सूचक २८ सय ३६.१७ विन्दुमा बन्द हुँदा ५ अर्ब बराबरको सेयर कारोबार भयो।
आइतबार २२८ कम्पनीको १ करोड ६ लाख ५१ हजार ७५४ कित्ता सेयर ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार ५१० रुपैयाँमा खरिदबिक्री भयो। यसअघि सेयर कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक १४.५८ अंकले ओरालो लागेर २८७६.७४ विन्दुमा अडेको थियो। नेप्से ओरालो लागेपनि कारोबार रकम भने वृद्धि भएको थियो। त्यसदिन २२४ कम्पनीको १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता सेयर ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार १६२ रुपैयाँमा खरिद बिक्री भएको थियो।
आज कारोबारमा आएका १३ वटै समूहको सूचक घटेको छ। वित्त समूहको सर्वाधिक २.४१ प्रतिशतले घटेको छ। डेभलपमेन्ट बैंकको १.९६, व्यापारको १.६६, जलविद्युतको १.१३, अन्यको १.६८, लगानी समूहको १.३१ प्रतिशतले घट्दा अन्य समूको ०.९९ प्रतिशतसम्म मूल्य घटेको हो।
आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। नेपाल हाइड्रो डेभलपर्सको सेयर मूल्य ८ प्रतिशतले बढेको छ। यसदिन विन नेपाल लघुवित्तीय वित्तका लगानीकर्ताले घाटा व्यहोर्नु पर्यो। सो कम्पनीको मूल्य १० प्रतिशतले घट्यो।
कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रो पावर शीर्षस्थानमा रह्यो। सो कम्पनीको ५४ करोड भन्दा बढी मूल्यको सेयर कारोबार भयो।
दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...