२०८३ असार ८, सोमबार
June 22, 2026, Monday

बेहुला चढ्ने रथले किचेर दुई जनाको मृत्यु, १६ जना घाइते

काठमाडौँ – बाराको आदर्शकोतवाल गाउँपालिका–३ मा सोमबार राति आयोजित विवाह समारोहमा बेहुला चढ्न प्रयोग गरिएको रथले किचेर २ जनाको मृत्यु भएको छ भने १६ व्यक्ति घाइते भएका छन्।

प्रहरीका अनुसार दुर्घटनामा सिम्रौनागढ नगरपालिका–७ की २३ वर्षीया शैलकुमारी राम र आदर्शकोतवाल–७ की १६ वर्षीया निलमकुमारी रामको मृत्यु भएको हो।

घाइतेहरूको अहिले कलैया अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। आदर्शकोतवालका सियाराम महराको घरबाट निस्किन लागेको बेहुला बोक्ने रथ अनियन्त्रित हुँदा मानिसलाई किचेको हो। बेहुला चढ्नुअघि नै रथ दुर्घटना भएको स्थानीयले बताएका छन्।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७८ माघ ११

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP