२०८३ बैशाख १७, बिहीबार
April 30, 2026, Thursday

सेयर बजारमा अस्वभाविक गिरावट

काठमाडाैं – साताकाे दाेस्राे दिन साेमबार सेयर बजार आज करिब एक सय अंकले ओरालाे लागेकाे छ। बजार आज ९९.८६ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक दुई हजार ८२०.६५ को विन्दुमा झरेको छ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १८.०८ अंकले घटेर ५२६.०३ को विन्दुमा ओर्लेको छ। कारोबार रकम भने हिजोको तुलनामा बढेर पौने ९ अर्ब रुपैयाँ बढीको भएको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। आज विकास बैंक समूह सर्वाधिक ४.५ प्रतिशतले ओरालो लागेको छ। जलविद्युत समूह ४.४५ प्रतिशतले घटेको आज बैंकिङ समूहमा २.८८ प्रतिशत, वित्त समूहमा ४.३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ३.३४ प्रतिशत, लगानी समूहमा ३.४१ प्रतिशत, जीवन बीमा समूहमा ३.३७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ३.२३ प्रतिशतले ओरालाे लागेकाे छ।

यस्तै लघुवित्त समूहमा ३.२८ प्रतिशत, म्युचुअल फन्ड समूहमा २.१९ प्रतिशत, निर्जीवन बीमा समूहमा ३.७८ प्रतिशत, अन्य समूहमा ३.७६ प्रतिशत र व्यापार समूहमा ३.६८ प्रतिशतको गिरावट आएको छ।

Related News

डोटी जेसीजले आयोजना गरेको दन्त शिविरमा ९१ जनाले लिए सेवा 
डोटी जेसीजले आयोजना गरेको दन्त शिविरमा ९१ जनाले लिए सेवा 
  • २०७८ माघ १०

  दिपायल – डोटी जेसीजले दिपायलमा एक दिन निःशुल्क दन्त...

TOP