रुकुम पश्चिममा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । रोल्पा गंगादेव गाउँपालिका वडा नम्बर ४ घर भई बुढा मावली त्रिवेणी गाउँपालिका वडा नम्बर ४ दम्दुका गंगाराम खड्काको घरमा आएकी १३ वर्षीया बालिका निर्मला खत्रीको बुधबार साँझ चट्याङ लागेर मृत्यु भएको हो ।
खत्रीको घटनास्थलमै मृत्यु हुनुका साथै अन्य ८ जना घाइते भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ठगवहादुर केसीले जानकारी दिए। उनका अनुसार त्रिवेणी ४ का खड्का र प्रकाश बिकको घरमा बुधबार साँझ अन्दाजी साढे ६ बजेको समयमा चट्याङ परेको हो ।
चट्याङ लागेर घाइते हुनेमा बिककी श्रीमती २० वर्षीया अनिता, ११ वर्षीया तुलसा खड्का, १७ वर्षीया शुसिला खड्का, २२ वर्षीया पवित्रा खड्का, ५० वर्षीया धनमाया खड्का, ४ वर्षीय केशव खड्का, ६० वर्षीया सीता ओली र २८ वर्षीय कपिल खड्का रहेका डिएसपी केसीले बताए।
घाइते मध्ये अनिता विक गर्भवती रहेको र उनको अवस्था गम्भीर रहेकोले जिल्ला अस्पताल हुँदै थप उपचारका लागि नेपागञ्ज पठाइएको प्रहरीले जनाएको छ ।
अन्य घाइतेहरु भने स्थानीय स्वास्थ्य चौकी खुम्चेरीमा उपचारपछि घर फर्किएका छन्।
कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रम्हदेवबाट स्रोत नखुलेको २५...