
काठमाडौँ – सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको मौसम सामान्यदेखि पूर्णरुपमा बद्ली भएको छ। यी क्षेत्रका केही ठाउँमा हल्का देखि मध्यम वर्षा र हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज काठमाडौँ उपत्यकासहित देशका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
मंगलबार देशको पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना र देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। बुधबार देशभर आंशिक देखि सामान्यतया बदली रहने छ।
दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...