२०८३ बैशाख १९, शनिबार
May 2, 2026, Saturday

डोटी कांग्रेसकाे कार्यसमितिले पूर्णता पायो : काे काे भए मनोनित ?

डोटी – नेपाली कांग्रेस डोटी जिल्ला कार्यसमितिले पूर्णता पाएको छ । आईतबार पार्टी कार्यालयमा बसेको बैठकबाट कोषाध्यक्ष, सदस्य सहित आमन्त्रित सदस्यहरू मनोनित गरेर कार्यसमितिलाई पूर्णता दिइएको हो ।

कांग्रेसको विधान अनुसार जिल्ला कार्यसमिती सदस्यमा भूमिराज बडु, दीपक शाही, सुशील घर्ती र बिस्ना बमलाई मनोनित गरिएको कांग्रेस सचिव गणेश खड्काले जानकारी दिए । त्यस्तै कोषाध्यक्षमा प्रमिला परियारलाई मनोनित गरिएको छ।

आमन्त्रित जिल्ला कार्यसमिति सदस्यमा धन बहादुर सिंह, नर बहादुर बोहरा, पशुपति खड्का, जगत खड्का, खेमराज ओझा, चक्र बिक, लाल बहादुर महरा र खेम बमलाई मनोनित गरिएको छ ।

जिल्ला कार्यसमिति तथा कांग्रेस नेताहरुसँगको सल्लाह र नेपाली कांग्रेसको विधान अनुसार मनोनित गरिएको कांग्रेस सभापति नरेन्द्रबहादुर सिंहले बताए । शिखर समाचारसँगको कुराकानीमा उनले कार्यसमितिलाई पूर्णता दिए सँगै पार्टीका गतिविधिहरु तिब्र रुपमा अघि बढ्ने बताए ।

बैठकले बढ्दो कोरोना संक्रमण नियन्त्रण गर्न, कांग्रेसको पालिका नेतृत्वबाट सचेतना गर्न भूमिका निर्वाह गर्ने निर्णय भएको छ । तस्तै जिल्लामा आइसोलेसन, अस्पताल, औषधि लगायतको अवस्थामा विषयमा अनुगमन गर्ने, स्वएंसेवककाे भूमिका निर्वाह गर्ने निर्णय भएको छ ।

साथै कांग्रेसको भातृ संगठन सञ्चालनका लागि पदाधिकारीलाई जिम्मा दिने र राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उमेदवारलाई मतदान गर्न अनुरोध गर्ने निर्णय भएको जिल्ला सचिव नारायण बलायारले बताए ।

Related News

डोटी जेसीजले आयोजना गरेको दन्त शिविरमा ९१ जनाले लिए सेवा 
डोटी जेसीजले आयोजना गरेको दन्त शिविरमा ९१ जनाले लिए सेवा 
  • २०७८ माघ १०

  दिपायल – डोटी जेसीजले दिपायलमा एक दिन निःशुल्क दन्त...

TOP